Breaking

जनताका पिर, मर्काका बारेमा सचेत छु: राष्ट्रपति पौडेल


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जनताका पिर(मर्काका बारेमा आफू सचेत रहेको बताउनुभएको छ । विभिन्न सञ्चरामाध्यमका सम्पादकहरुलाई शीतल निवासमा भेट गर्दै राष्ट्रपति पौडेलले आफू जनताका पिर(मर्काबारे सचेत रहेकाले आफ्नोतर्फबाट कुनै कमजोरी हुन नदिने दाबी गर्नुभयो ।

पछिल्ला विकसित घटनाक्रमहरुप्रति सचेत रहेको भन्दै राष्ट्रपति पौडेलले केही विषयमा सरकारलाई सुझाव समेत दिदै आएको बताउनुभयो । अर्थतन्त्रका बारेमा विज्ञहरुसँग छलफल गरेर सरकारलाई स्वेतपत्र जारी गर्न सुझाव दिएको राष्ट्रपति पौडेलको भनाइ थियो ।

राष्ट्रपतिसँगको छलफलमा सम्पादकहरुले जनतामा देखिएको निराशा, व्यवस्थाप्रतिको आक्रोश, रिगलको कैद कट्टा लगायतका विषयमा राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए । योगराज ढकाल रिगलको कैद कट्टा प्रकरणमा आफू र राष्ट्रपति संस्थाको आलोचना भएकोबारे पनि आफू जानकार रहेको राष्ट्रपति पौडेलको भनाइ थियो ।