राजनीति

जनताले संघीयता मान्य छैन भनेर देखाइसकेः अध्यक्ष केसी


काठमाडौँ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनतालाई संघीय व्यवस्था मान्य नभएको बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले नेपाली जनताले नेपालमा एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुन नसक्ने कुरा महशुस गरिसकेको बताउनु भयो । उहाँले नेपाली जनताले संघीयता मान्य छैन भनेर देखाइसकेको बताउनु भयो । उहाँले जनतालाई मान्य नहुँदापनि संघीयताको मुरली किन बजाइरहेको भनेर सांसदहरुलाई प्रश्न गर्नुभयो । उहाँले मुख्यमन्त्रीहरुलाई भैसेपाटीमा दरबार बनाउनु नै संघीयता हो भनि प्रश्न समेत गर्नुभयो । अध्यक्ष केसीले संघीयताले गरी नखाएको टिप्पणी गर्नुभयो । उहाँले प्रजातान्त्रिक विकेन्द्रीकरण गरेर स्थानीय तहलाई अधिकार दिनुपर्ने बताउनुभयो ।