काठमाडौँ — चीनको हाङझाउमा जारी १९ औँ एसियाली खेलकुदमा नेपाल पदक विहीन हुनबाट बचेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गर्न सफल भयो भने करातेमा पनि रजत पदक हात पार्न सफल भयो । कराँतेमा एरिका गुरूङ फाइनलमा पुगेकी छिन् । ६८ केजी तौल समूहमा सेमिफाइनलमा हङकङकी यान काई होलाई ८–४ ले हराउँदै उनी फाइनलमा पुगेकी हुन् । चीनको हाङझाउमा अहिले १९औँ एसियाली खेलकुद चलिरहेको छ ।
जसमा नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेका छन् । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसंग पराजित भएको थियो । भारतसंग पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको छ । सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरेको थियो । नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए । यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो । करातेमा एरिका गुरूङले ऐतिहासिक रजत पदक जितेकी छिन् । ६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० ले पराजित भएपछि उनी रजतमा रोकिएकी हुन् । यसअघि सेमिफाइनलमा उनले हङकङकी यान काई होलाई ८–४ ले हराउँदै उनी फाइनलमा पुगेकी थिइन् । उनले क्वार्टरफाइनलमा जापानकी खेलाडी एजुकी सबाइलाई सेन्सुको आधारमा हराएकी थिइन् । दुवैको समान १–१ अंक भए पनि पहिलो अंक पाएको आधारमा एरिका सेमिफाइनलमा पुगेकी थिइन् ।
करातेमा रजत पदक जितेकी एरिका गुरुङले यो पदक देशका लागि समर्पण गर्न चाहेको बताएकी छिन् । ६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० ले पराजित भएपछि उनी रजत पदकमा रोकिएकी थिइन् । आफूले सकेको खेल्दै फाइनलसम्म पुगेको र फाइनलमा सकेको जति गरे पनि जित्न नसकेको उनले बताइन् ।
१९औँ एसियाली खेलकुदको महाकुम्भ एसियाडमा नेपालले अहिलेसम्मकै ठूलो टोली चीन पठाएको छ । प्रतियोगितामा नेपालबाट करिब दुई सय ३४ जना खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा नेपालले २९ वटा खेलमा भाग लिएको छ । १९औँ संस्करण नेपालका लागि पदकका त्यति फलदायी नहुने पक्कापक्की देखिएको छ । यो संस्करण पदक भन्दा बढी अन्तर्राष्ट्रिय जगतमा देखाउने सहभागिताका लागि मात्र हुने देखिएको छ ।
एसियाली खेलहरूलाई एसियाडको नामले पनि चिनिन्छ । यो प्रत्येक चार वर्षपछि आयोजित हुने बहु–खेल प्रतियोगिता हो । जसमा केवल एसियाका विभिन्न देशहरूका खेलाडीहरूले भाग लिन्छन् । यी खेलहरूको आयोजन एसियाली ओलम्पिक परिषदद्वारा अन्तर्राष्ट्रिय ओलम्पिक परिषदको पर्यवेक्षणमा गरिन्छ । प्रत्येक प्रतियोगितामा प्रथम स्थानको लागि स्वर्ण, दोस्रोकोनिम्ति रजत, र तेस्रोकोलागि कांस्य पदक दिइन्छ, । यस परम्पराको शुभारम्भ १९५१मा भएको थियो । प्रथम एसियाली खेलहरूको आयोजन भारतको नयाँ दिल्लीमा गरिएको थियो ।
प्रतिक्रिया