Breaking

विश्वासको मत माग्दै कोशी प्रदेशसभाका सबै दललाई मुख्यमन्त्री कार्कीको पत्र


काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत दिन सबै दलका प्रदेसभा सदस्यलाई अनुरोध गरेका छन्।

कार्कीले प्रदेशसभामा रहेका सबै दलका नेतालाई पत्र पठाउँदै विश्वासको मत मागेका हुन्।
मुख्यमन्त्री कार्कीले आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत माग्ने कार्यक्रम छ।

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत माग्ने, बहुमत नपुगे के हुन्छरु

‘प्रस्तुत विषयमा नेपालको संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम नियुक्त मुख्यमन्त्री म हिक्मतकुमार कार्कीले १६८ को उपधारा ९४० बमोजिम कोशी प्रदेशसभाबाट विश्वासको मत लिन प्रदेशसभा नियमावली, २०७४ ९पहिलो संशोधन सहित०को नियम १२८ को उपनियम ९१० र ९२० बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न कोशी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएको हुँदा उक्त प्रस्तावको पक्षमा मतदान गरी विश्वासको मत दिनुहुन तपाईंको दलसमक्ष हार्दिक अनुरोध गर्दछु’, कार्कीले पत्रमा भनेका छन्, ‘साथै, विश्वासको पक्षमा तपाईंको दलको तर्फबाट दिनुभएको मतले प्रदेश संरचनाको स्थायित्व र दलीय सहकार्य एवं सद्‌भावमा ठोस योगदान पुग्ने विश्वास लिएको छु।’