Breaking

एकघण्टा देखि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा वान टु वान वार्ता


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार बिहान सिंहदरबारमा भेटवार्ता भइरहेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र समसामयिक राजनीतिका बारेमा उनीहरुबीच छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। उनीहरुबीचको वार्ता अहिले पनिजारी छ। वार्तामा दुई नेता मात्रै सहभागी छन्।