Breaking

एमालेमा थुप्रै ‘बा’, ओली र शंकरलाई पात्र्री फुट्ने डर, भित्रभित्रै छुरा हान्ने को ? 


काठमाडौँ — प्रदेश अधिवेशनमा उत्पन्न परिस्थितीले केपी ओलीको ‘बा’ब्राण्ड धरापमा पर्ने आशंकाविच एमाले त्यहि बाटोमा अघि बढको छ । केन्द्रका नेताहरुले यसलाइ पार्टीभित्र फुट ल्याउने विरोधीको प्रयासको संज्ञा दिदा आरोप माथ खुवाउने दृश्यहरु एमालेमा देखिन थालेको हो । जुन तत्काल ओली विरुद्धकै गुटको राजनीति नभएकोमा आशा गर्ने ठाँउ भएपनि खराव संकेतको सुरुवातका रुपमा भने अघि बढेको प्रष्ट हुन थालेको छ ।

लुम्बिनी प्रदेश अधिवेशनमा आफूले चाहे भन्दा फरक नजिता आएपछि झस्किएका एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले गण्डक्मिा अर्को झड्का महसुस गरेका छन ।जसको क्षती न्युनिकरणमा प्यानल नै बनाएर उनीहरुले वागमती र कोशीमा आफूअनुकुल नतिजा ल्याएपनि गण्डकीमा पिएस बाको नयाँ अध्याय सुरु भएको हो । अर्थात केन्द्रको निर्देशनविरुद्ध निर्वाचनमा होमिएको गण्डकी अधिवेशनमाअन्तिम मतपरिणामअनुसार केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङको साथ पाएर चुनाव लडेका नवराज शर्माको प्यानलले लगभग क्लिन स्वीप गरेको छ ।

जहाँ महासचिव शंकर पोखरेलको साथ पाएका पोलिटब्युरो सदस्य खगराज अधिकारी अर्थात केआर तर्फ उम्मेद्वार मायानाथ अधिकारी भने चुनावी प्रतिस्पर्धामा निकै पछाडि छोडिएका हुन । योसंगै केही समय अघिसम्म बहुमतमा रहेको भनिएको केआर समुहको मत पिएसतिर ढल्किएको देखिएको छ भने उत्तराधिकारीको लडाई भनिएको प्रदेशमा शंकर पोख्रेल पक्ष कमजोर देखिएको हो ।

यद्यपी गुटका हिसावले पूर्वराष्ट्रपति भण्डारी नजिक र गत चुनवमा गठबन्धनसंग भिडाउन कै लागि प्रतिनिधिसभामा ओलीले तोका पृथ्वीसुब्बाले नेतृत्वमा ओलीको विकल्प हुन नसक्ने यसअघि नै बताईसकेका छन । तर केन्द्रको सर्वसहमतीको दवावका विरुद्ध निर्वाचन नै हुनु र त्यसमा पनि प्यानलले बन्नुले ओली फेल भएको दृश्य यसमा देखिदाँ मतदानको समय चल्दै गर्दा मतदान स्थल बाहिर र नतिजा आएपछि सभा हलमै युवाहरूले ‘केपीपछि हाम्रा बा पिएस हुन भनेर घन्काएको नाराले एमालेमा नयाँ बा को ब्रान्डिङ सुरु भएको नयाँ संकेत भने मिलिसकेको छ ।

अधिवेशनको बाछिटा अव प्रदेशसभासम्म पुग्ने आङ्कलन गरिदाँ गण्डकी प्रदेशसभामा एमाले संसदीय दलको नेता खगराज अधिकारीमाथि दवाव बढेको छ । जहाँ पिएस पक्षका सांसद बढी भए पनि ओलीको ठाडो आदेशमा अधिकारीलाई दलको नेता बनाइएको गुनासो पहिलेबाटै चल्दै आएको छ ।

अर्कातर्फ कोशी प्रदेश अधिवेशनमा अध्यक्षमा पराजित नेता विनोद ढकालले पनि पार्टीभित्र नियन्त्रित लोकतन्त्रको अभ्यास भएको बताउन थालिसकेका छन । पार्टीका स्थायी कमिटी र केन्द्रीय कमिटीकै सदस्यहरु खुलेआम एउटा उम्मेदवारको पक्षमा लागेर अर्कोविरुद्ध घेराबन्दीमा लागेको आरोप लगाएका उनले आफूविरुद्ध कोशीको सत्तानै लागेकोसम्म भन्न भ्याएका छन । त्यस्तै गोकुल बास्कोटा नै पछि सारेर वल्लतल्ल आफ्नो प्यानललाई सफल बनाएपनि असन्तुष्ट बढ्दो छ ।

पराजित उम्मेद्वार कृष्णप्रसाद दाहालले पार्टी महासचिव पोखरेल, उपमहासचिव विष्णु रिमाल, बागमतीबाट प्रतिनिधित्व गर्ने कतिपय स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरू नै आफूलाई हराउन लागेको आरोप लगाँउदा अहिले देखिएको स्थिती स्वभाविक लोकतान्त्रिक अभ्यासकै रुपमा मात्र बुझन सकिने ठाँउ छैन । जसले एमालेभित्र नीति, कार्यदिशा र ओलीको नेतृत्वबारे विवाद नभए पनि आ–आफ्नो वर्चस्व स्थापित गर्न प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरू होडबाजीमा उत्रिएका प्रष्ट हुदाँ यो खालको प्रतिस्पर्धा घातक हुने शंकर पोखरेल नै बताउदै आएका छन ।

हुन अवस्था प्रतिकुल बने पुनः नेतृत्व गर्ने तयारीबाट ओली पछि हट्न सक्ने आकंलनकै विच यसलाई गुटकै रुपमा हेर्न नहुने तर्क गर्नेहरु समेत छन । त्यस्तै पृष्ठभूमि वलियो बने पोखरेलले नै आगामी निर्वाचनमा ओली विरुद्ध उम्मेद्वारी नदेलान भन्न नसकिने विश्लेण पनि छ । यद्यपी खुम्चिएको साईजले ओली पोखरेल एक ठाँउमा देखिदाँ उपाध्यमा रहेका विष्णु पौडेलको बढ्दो हौसला भने घातक हुने सक्ने बुझाईमा ओली देखिन्छन ।

प्रदेश अधिवेशनमा देखिएको यो शक्ति संघर्षले एमालेभित्र अध्यक्ष केपी ओलीको वर्चस्व र नेतृत्वमा क्रमशः चुनौती देखिन थालेको भने पक्का भएको हो । जुन पार्टी फुटपछिपार्टीभित्र अहिलेसम्म देखिएको सबैभन्दा ठूलो अघोषित शक्ति संघषका रुपमा हेरिदाँ एमालेमायसले नयाँ परिस्थिती भने निर्माण गर्दै छ । जुन सुदृढ एमाले निर्माणका लागि फाईदाजनक नै हुने देखिदाँ ओलीको एकात्मक रणनितिले खोज्ने ठाँउले भने सोचेभन्दा फरक परिस्थिती नबन्ला भन्न सकिदैन ।