Breaking

भूकम्प प्रभावितको स्थिति बुझ्न प्रधानमन्त्री बझाङमा


काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार बझाङ पुगेका हुन। प्रधानमन्त्री दाहालले भूकम्पले बढी क्षति गरेका बझाङका केही स्थानको अवलोकलन गर्नेछन्त्य । सपछि जिल्ला विपद् व्यवस्थापन समितिसँग अन्तक्रिया गर्ने लगायत कार्यक्रम तय भएको छ। बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले बझाङमा एक जनाको मृत्यु भएको थियो । केही घाइते भएका थिए भने भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ।