Breaking

निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा भुक्तानी गर्न बाँकी रकम दशैं अघि नै भुक्तान हुन्छ: डा. प्रकाशशरण महत


काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा भुक्तानी गर्न बाँकी रकम दशैं अघि नै गरिने बताउनुभएको छ । उहाँले सम्बन्धित मन्त्रालयलाई भुक्तानीको दायित्व माग गरिएको र त्यो आइसकेपछि दशै अगाडि नै भुक्तानी हुने बताउनुभयो । अर्थमन्त्री महतले बाहिर आएजस्तो आर्थिक सङ्कट चरम नभएको बताउनुभयो ।

केही हदसम्म समस्या भए पनि बाहिर देखिए जस्तो आर्थिक सङ्कट नभएको उहाँको भनाइ थियो । पहिला राष्ट्र बैंकले सहजरुपमा ऋण प्रवाह गर्दा त्यसको सही सदुपयोग नहुँदा समस्या आएको मन्त्री महतको भनाइ छ । सरकार अहिले अर्थतन्त्रको जग बनाउन लागि परेको मन्त्री महतको भनाइ थियो । अर्थतन्त्रको जग बलियो नभएका कारण केही समस्या आएको उहाँको भनाइ छ ।