Breaking

राजावादीहरुले धार्मिक सद्भाव बिथोल्न लागेको भन्ने भनाईलाई पुष्टि गर्नुप¥योः लिङदेन


काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजावादीहरुले धार्मिक सद्भाव बिथोल्न लागेको भन्ने भनाईप्रति आपत्ति जनाउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरुले लोकतन्त्र बिरोधी के गतिविधि गरे ? भनि प्रश्न समेत गर्नुभयो ।

अध्यक्ष लिङदेनले पूर्वराजा शाह र राजावादीहरुले लोकतन्त्र बिरोधी गतिविधि गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न भनि दिइएको अभिव्यक्तिप्रति आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले क्वीन्टलका क्वीन्टल सुन तस्करी गर्ने, जघन्य अपराधमा संलग्नहरुलाई जेलबाट छोड्ने लगायतका काम लोकतान्त्रिक हो भनि सरकार र सत्तारुढ दललाई प्रश्न समेत गर्नुभयो । अध्यक्ष लिङदेनले नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाउने काम लोकतन्त्रको हो भन्दै प्रश्न समेत बताउनु भयो ।