Breaking

माओवादी आतंकले तनावमा ओली, युद्धमा धकेल्ने प्रयास, टीआरसीमा ओली–प्रचण्ड जुहारी


काठमाडौँ — संक्रमणकालीन न्यायसम्बन्धी विधेयक लामो समयदेखि अड्एिर रहेको छ । दलहरुबीच सहमतिका लागि अनेकौँ प्रयास भएका छन् । तर, अझै निष्कर्ष निस्केको छैन । विश्वभर उपदेश फैलाउने शान्तिका अग्रदुत बुद्धको जन्मभूमिमा शान्ति प्रक्रियाका कार्यहरू लामो समयदेखि अड्किएर बसेको छ । ६ महिनाभित्र टुंग्याउने भनिएको शान्ति सम्झौताका बाँकी काम १७ वर्ष हुँदा पनि जस्ताको तस्तैछ ।

तत्कालीन विद्रोही माओवादी र राज्यपक्षबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन भएको पनि लामो समय भइसक्यो । अर्का हस्ताक्षरकर्ता माओवादी अध्यक्ष प्रचण्ड हाल देशको कार्यकारी प्रमुख प्रधानमन्त्री छन् । संयुक्त राष्ट्रसंघको महासभामा प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने प्रक्रियामा रहेको दाबी गरेका थिए ।

प्रचण्डले विश्व समुदायसमक्ष नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन सहयोगको अपेक्षासमेत गरेका छन् । तर, प्रचण्ड स्वदेश फर्किएलगत्तै संसदको रोष्टममा उभिएर प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीले भने प्रचण्ड शान्ति प्रक्रियाको पक्षमा नरहेको गम्भीर आरोप लगाए । ‘जनयुद्ध दिवस’ भनेर फागुन १ मा दिइएको सार्वजनिक बिदा फिर्ता लिन उनले चेतावनीसमेत दिए ।

फागुन १ गते ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय हुँदा एमाले पनि सरकारमै थियो । एमालेले त्यतिबेला यो विषयमा विरोध जनाएको थिएन । अहिले सस्तो लोकप्रियताका लागि एमालेले निहुँ खोज्ने काम गरेको सरकारको बुझाइ छ । सरकारको प्रवक्ताले विगतको निर्णय र तत्कालीन सत्तारुढ गठबन्धनबारे स्मरण गराएकी छिन् ।

यता पटकपटक ओली र प्रचण्ड सहमति खोज्ने लागेपनि भड्किएको मुद्दामा सत्तापक्ष र प्रतिपक्ष सचेत छैनन् । जसले आफ्नै बलमा शान्ति स्थापना भएको विषयमा हामीमाथि विश्व समुदायले प्रश्नमात्रै उठाउने छैन कि हाम्रा उपलब्धी गुम्ने जोखिम समेत रहने छ । तसर्थ ओलीले आफ्नो बोली फिर्ता गर्नुपर्ने तर्क माओवादीहरुको छ ।

मुलुकमा स्थायी शान्तिका लागि द्धन्द्धका घाउहरू कम गर्नेतर्फ लाग्नुपर्छ । अनावश्यक रुपमा विषय उल्झाउने र मुलुकलाई पुनः द्धन्द्धतर्फ धकेल्ने गतिविधिप्रति आम जनता सचेत हुनुपर्छ । नेपालको शान्ति प्रक्रिया कुनै एक दलको मात्रै विषय होइन ।

तत्कालिन शान्ति सम्झौतामा हस्ताक्षरकर्ता माओवादी र राज्यपक्ष नेपाली कांग्रेस संयोगवश अहिले एउटै सत्तागठबन्धनमा छन् । शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निभाएको एमाले प्रमुख प्रतिपक्ष छ । शान्ति प्रक्रिया टुंगोमा पु¥याउन सत्तापक्ष र प्रतिपक्ष सबै एक ठाउँमा उभिनुपर्छ ।