Breaking

पार्टीमा गुण्डै गुण्डाको चाङ, देउवा–प्रचण्ड–ओली नै नाईके, गुण्डाको पैसामा चल्दै छन् दल


काठमाडौँ — नेपालका रजनीतिक दलहरुले गुण्डा पालेर राख्ने प्रवृति पुुरानै हो । राणाकाल, पञ्चायत र राजतन्त्रमा पनि शाशकहरुले गुण्डा पालेर शासन गरेका थिए । अहिले पनि त्यो क्रम जारी छ । गुण्डानाईके रिगल आममाफी प्रकरणमा पनि निर्णय गर्ने क्रममा चुपचाप बसेका गठन्धनका नेताहरु अहिले सरकारलाई मात्रै दोष थोपरेर आफ्ना पार्टीलाई चाखो देखाउने प्रयत्न गरिरहेका छन् । ठूला पाखुरा भएका गुण्डा पालेर राख्ने नेपालका राजनीतिक दलहरुको चरित्र पुरानै हो । यसैमध्येका एक नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकालको आममाफी अहिले विवादमा छ । सरकारको सिफरिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलले काट्न बाँकी १२ बर्ष कैद माफीमिनाहा गरिदिए ।

नेपालगञ्जको धम्बोजी चोकमा दिनदहाडै खुँडा हानेर चेतन मानन्धरको हत्या रिगलले गरेका थिए । न्यायको चित्कार गर्दै नेपालगञ्जबाट काठमाडौं पुगेकी चेतनकी पत्नी भारती अनशनमा छिन् । आममाफी नै पाउनेभए मलाईपनि खुँडा देउ भनेर राष्ट्रपतिसँगै उनले आक्रोश पाखिरहेकी छिन् ।अर्को लाजमर्दौ बिषय के छ भने गणतन्त्रका शाशकहरुको निर्णय उल्ट्याउन माग गरिएको रिट सर्वोच्च अदालतमा पुग्दा यसले हाम्रो प्रणालीलाई नै गिज्याएको छ ।

सत्तारुढ दलकै नेताहरु अदालतमा विचाराधीन मुद्दाबारे लोक रिझ्याईका लागि अभिव्यक्ति दिईरहेका ्छन् । रिगललाई आममाफीको निर्णय गराउँदा अनजान काँग्रेसका महामन्त्री गगन थापाले सरकारसँग जवाफ मागेर आफ्नो पार्टीलाई चोखो देखाउने प्रयत्न गरिरहेका छन् ।

उसो त गणतन्त्रकै उपहास हुनेगरि पाखुरे गुण्डाहरुलाई आममाफी दिने चलन नयाँ होइन । रिगलको बिषय अब राजनीतिकण भइसकेको छ । काँग्रेसकै कार्यकर्ता छुट्दा काँग्रेस नै रुष्ट किन छ ? भन्ने प्रश्न उठेको छ । दलहरुको राष्ट्रिय सहमतिमै गुण्डा नाइके छुटाएर चुपचाप बसेका नेताहरु मिडियाले बिषय उठाएपछि त्यसको दोष सरकार वा प्रधानमन्त्रीलाई मात्रै दिएर पन्छिन खेजिरहेका छन् ।

अर्थात निर्णय प्रकृयामा काँध मिलाउने र अपजस आउने भएपछि पन्छिने सत्तारुढ नेताहरुकै प्रवृतिले प्रधानमन्त्री प्रचण्ड अहिले ओलीको भन्दा बढी गठबन्धनबाटै चेपुवामा छन् । गठबन्धनको मुख्य शक्ति आफूलाई मान्ने नेकपा एकीकृत समाजवादी पनि आममाफीको बिषयमा पन्छिरहेको छ । अध्यक्ष माधवकुमार नेपाल आफूहरुलाई जानकारी नदिई ढकाललाई माफीको निर्णय भएको अभिवयक्ति दिइरहेका छन् ।

यसको साझो अर्थ हो, चर्चामा जस लिन होड गर्ने गठबन्धनका दलहरु जबजब संकट आउँछ, तब प्रचण्डलाई फसाउँछन् । उसो त राष्ट्रपतिलाई पनि सरकारले गरेका सिफरिसमा पुर्नविचारको अधिकार छ । गम्भीर प्रकृतिका अपराधीलाई आममाफी दिएको भन्दै गृह मन्त्रालसँग स्पष्टीकरण नै माग्ने काँग्रेसको रवरस्ट्याम्प बनेको आरोप लागेका राष्ट्रपति पौडेल जनताको अभिभावक किन बन्न सकेनन् भन्ने प्रश्न छ । तत्कालीन राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक रोक्न सक्दा रामचन्द्रले आममाफीको निर्णय किन रोक्न सकेनन् भन्ने अर्को प्रश्न पनि छ ।

राणाकाल, पञ्चायत र राजतन्त्रमा पनि शाशकहरुले गुण्डा पालेकै थिए । पञ्चालतमा त गुण्डाहरु नै मन्त्री बनेका घटनाहरु पनि छन् । व्यवस्था फेरियो त के भयो? अहिलेपनि पार्टीपिच्छे नै गुण्डाहरुको रजगज कायमै छ । जनताका लागि काम गरे सत्ता प्राप्ति ठूलो कुरा होेइन भन्ने बुझेर पनि बुझ पचाएका सबैजसो दलहरुले रजगजका लागि मात्रै भएपनि गुण्डा पालिरहेकै छन् । कुनै घटना भइहाले पावर छँदैछ, जेल गइहालेपनि आममाफी दिईहाल्छन् । जनताको मतलब छैन । गुण्डा नाइकेदेखि देशको कानून पनि डराउने अवस्था आएपछि कस्को के लग्यो र ?