Breaking

भूकम्प पीडितको घरघर पुगे रवि, विरोधीलाई गतिलो झापड, कहाँ अल्मलिए प्रचण्ड ?


काठमाडौँ — पीडितको घाउमा मलम लगाउन पहिले राज्यको उपस्थिति हुनु पर्ने भए पनि केन्द्रमा सरकार कार्यक्रम तयार पार्नमा नै व्यस्त छन् । भूकम्प प्रभावित जिल्ला बझाङ पुग्न सरकारलाई तीन दिन लाग्ने देखिँदा रास्वपा सभापति र िलामिछाने भने भोलीपल्ट नै पुगेर राहतको काममा जुटेका छन् । २०७२ सालको विनाशकारी महाभूकम्प अझै पनि सारा नेपालीको मानसपटलमा ताजै छ । ८ वर्षअघिको त्यो भूकम्प भोगेकाहरूले चाहेर पनि बिर्सन सक्दैनन् ।

भूकम्पले हल्लाएर थिल्थिलो पारेको जमीनमाथि डरैडरले कयौं रात बिताएको त्यो समयमा न जनप्रतिनिधिको उपस्थिति, न त केन्द्र सरकारले तत्कार राहत र उद्धारको काम गर्न सक्योे । त्यस्तै अवस्था अहिले बझाङमा भएको छ । भूकम्प गएको दुई दिन बितिसक्दा त्यहाँ केन्द्र सरकारको उपस्थिति देखिएको छैन । अहिलेसम्म कुनै टोली पठाउने ल्याकत राख्न सकेको छैन । पीडितको घाउमा मलम लगाउन पहिले सरकारको उपस्थिति हुनु पर्ने हो । तर सरकार केन्द्रको भूकम्परहित एसीवाला भवनमा बसेर जिल्ला जाने कार्यक्रम तय गर्न व्यस्त देखिन्छन् । भूकम्प मंगलबार जान्छ,बिहीबार बल्ल विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक बस्छन् अनि शुक्रबार मात्रै भूकम्प प्रभावित जिल्ला बझाङ जाने कार्यक्रम सरकारले तय गर्छ ।

भूकम्प पीडितहरू सरकारको कम प्राथमिकतामा पर्दा भर्खरै राजनीतिक यात्रा थालेको राष्ट्रिय स्वतन्त्र पार्टी भने रातारात पीडितको घाउमा मलम लगाउन पुगेको छ ।असोज १६ गते मंगलबार दिउँसो तीन बजे बझाङलाई केन्द्रविन्दु बनाएर ६.३ म्याग्नाच्युडको भूकम्प गएसँगै रास्वपाका सभापति रवि लामिछाने बुधबार नै पीडित बसेको पाल पालमा पुगेका छन् ।

उनी पालमा पुगिरहेका मात्रै छैनन्, प्रशासन र सुरक्षा निकायसँग छलफल गर्दै राहतका सामाग्री समेत प्रमुख जिल्ला अधिकारीलाई बुझाईसकेका छन् । लोकतन्त्रमा नेता र जनताहरु बराबर भएको सन्देश दिन खोजेका उनले अप्ठेरो परेको समयमा रास्वाप सधै जनताको साथमा रहेको महसुस गराएका छन् । भूकम्पको भोलीपल्टै सरकारको भन्दा पहिलो उपस्थिति रविको पाउँदा पीडितहरू ज्यादै खुशी देखिन्छन् ।

पुराना दलहरू जो अहिले आएका नयाँ पाटीभन्दा धेरै पहिले देखि नै नागरिकसँग घुलमिल छन् । तर, जनतालाई आवश्यक पर्दा ती पुराना पार्टी भन्दा अहिलेका नयाँ पार्टी नै काम लागेको छ । भूकम्प पीडितहरू सरकार र पुराना दलको बेवास्तामा पर्दा रास्वपाले भने जनतासँग आफूहरु भएको महसुस गराएका छन् । जनताले पनि पार्टीसँग छुट्टै आश र अपेक्षा गरेको हुँदा त्यसलाई सम्बोधन गर्न खोजेको पार्टीका नेताको बुझाई छ ।

रवि बोल्ने मात्रै हुन् भन्ने आवाज ठूलै स्वरले उठिरहेको बेलामा उनी गाउँमै पुगेर पीडितको घाउमा मलम लगाउने काम गरिरहेका छन् । उनले स्टन्टबाजको उपमा दिनेहरूका लागि गतिलो झापड हानेका छन् । यसलाई पनि स्टन्ट नै देख्नेहरूले रविले जस्तै यस्तै स्टन्ट गरून् ताकी पीडितहरूको घाउमा मलम लागोस् । जनतालाई आपत्का बेलामा कोही छ भनेर आभाष दिलाउन जस्ले स्टन्ट गरे पनि राम्रै कुरो हो । यस्तै स्टन्ट गर्न राज्य र अन्य दलबीच प्रतिष्पर्धा चलोस् । जसले गर्दा पीडितले राहत पाउनेछन् ।