काठमाडौँ – विश्व शेर्पा संघको दोस्रो अधिवेशन तथा ग्लोबल शेर्पा “डे” को तयारी अन्तिम चरणमा पुगेको छ ।
बुधबार नेपाल शेर्पा संघमा पत्रकार सम्मेलन आयोजना गरेर यहीँ असोज २१ गते (अक्टोबर ८)मा ग्लोबल शेर्पा “डे” को अवसरमा गर्न लागिएको संघको दोस्रो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष आङ दोर्जी शेर्पाले जानकारी दिनुभएको हो ।
विश्व शेर्पा दिवसको अवसर पारेर अक्टोबर ८ मा काठमाडौँको चावहिल चुच्चेपाटीस्थित स्मार्ट पार्टी प्यालेसमा धर्मगुरू ठुल्सिक याङसी ङवाङ जिग्मे ठिन्ले कुनख्याब रिम्पोछेको प्रमुख आतिथ्यमा अधिवेशन हुन लागेको हो ।
विश्वभर छरिएर रहेका शेर्पाहरूको भाषा संस्कृति र रितिरिवाजमा एकरूपता ल्याउन र विश्वभरका शेर्पाहरूलाई एकीकृत गर्ने उद्देश्यले सन् २०१७ मा एडी शेर्पाको अध्यक्षतामा विश्व शेर्पा संघ संगठन गरिएको थियो । संघ संगठन भएको खुसियालीमा विश्वभरका शेर्पाहरूले प्रत्येक वर्ष अक्टोबर ८ लाई ग्लोबल शेर्पा “डे”को रूपमा मनाउन थालेका हुन् । यो वर्ष ग्लोबल शेर्पा “डे” को अवसरमा संघको दोस्रो अधिवेशन हुन लागेको शेर्पाले बताउनुभयो ।
संघको विधानअनुसार प्रत्येक चार वर्षमा अधिवेशन गर्नुपर्ने भएपनि विभिन्न बाधा अड्चनका कारण समयमै अधिवेशन हुन सकेको थिएन । दोस्रो अधिवेशनमा विश्वभरका २१ देशबाट शेर्पा समुदायका संघसंस्थाका प्रतिनिधि र नेपालका रहेका विभिन्न संस्थाहरूको प्रतिनिधिको उपस्थिति रहने अध्यक्ष शेर्पाले बताउनु भयो ।
अधिवेशनमा सहभागिताको विषयमा भएको विरोधबारे सोधिएको प्रश्नमा अध्यक्ष शेर्पाले भन्नुभयो, ‘देशभरका शेर्पाहरूलाई भेला गराएर रमाइलो गर्न सकिन्छ होला । तर, हाम्रो उद्देश्य रमाइलो गर्नु मात्र नभएर केही नीति निर्माण गर्नुपर्ने भएकाले संघसंस्थाहरूको प्रतिनिधिमूलक उपस्थितिमा अधिवेशन गर्न लागिएको छ । यसलाई सीमित व्यक्तिको सहभागिताको अर्थमा बुझ्न हुँदैन ।’
अध्यक्ष शेर्पाले अधिवेशनमा प्रत्येक शेर्पा समुदायको किदुक र संघसंस्थाबाट प्रतिनिधिमूलक सहभागी रहने जानकारी दिनुभयो । शेर्पाले अधिवेशनमा सहभागी हुने प्रतिनिधिबाट उठाइएको रकमबारे पनि गलत प्रचार भएको दाबी गर्नुभयो । पाँच हजार प्रतिनिधि शुल्क तीन दिनका लागि भएको उहाँले स्पष्ट पार्नुभयो ।
शेर्पा वर्ल्ड नामक एप्स सार्वजनिक गरिने :
शेर्पाका अनुसार केही समयअघि शेर्पा समुदायको आर्थिक सहयोगमा संघले निर्माण गरेको ‘शेर्पा भाषाको एप्स’ कार्यान्वयन प्रभावकारी नदेखेकाले दोस्रो अधिवेशनको अवसरमा संस्थाले अर्को एप्स सार्वजनिक गर्ने बताउनुभयो । शेर्पा वल्र्ड नामक एप्स सार्वजनिक गरिने उहाँले बताउनुभयो । ‘शेर्पा वर्ल्ड एप्स’ अहिलेको नयाँ प्रविधिमा निर्माण गरिएको हुँदा एप्स प्रयोगकर्ताले अनिर्वाय कार्ड किन्नु पर्ने र सो कार्डबाट ४ जनाले एप्स प्रयोग गर्न सकिने एप्स निर्माणकर्ता ङिमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
शेर्पाले एप्समार्फत भाषा प्रयोग, उच्चारणको शैली सिक्नुको साथै एप्समा शेर्पाहरूको विवाह, जन्मलगायत सामाजिक संस्कारका विषय राखिएको बताउनु भयो ।
एप्समार्फत शेर्पा, सम्भोटा, नेपाली र अंग्रेजी भाषा अनुवाद हुनेछ । त्यस्तै एप्समा शेर्पा भाषाको शब्द बाचन लगायतको सुविधा रहने शेर्पाले जानकारी दिनुभयो । एप्सले शेर्पाहरूलाई मात्रै नभएर शेर्पा भाषा सिक्न चाहने शोधकर्ताहरूलाई समेत सहयोग पुग्ने अध्यक्ष शेर्पा बताउनुभयो ।
हाललाई ‘शेर्पा वर्ल्ड एप्स’ प्रयोगका लागि प्रतिकार्ड १ हजार तोकिएको संघले जनाएको छ । यो एप्स कार्ड ५० हजार शेर्पालाई बिक्री वितरण गर्ने संघको लक्ष्य रहेको अध्यक्ष शेर्पाले बताउनुभयो । एप्सलाई सरल र सहज रूपमा प्रयोगका लागि उच्च प्रविधि अपनाइएको उहाँले बताउनुभयो ।
अक्टोबर ८ मा दोस्रो अधिवेशन सम्पन्न भएपछि अक्टोबर ९ मा अधिवेशनमा सहभागीलाई शेर्पा समुदायको बसोवास रहेको सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँमा रहेका शेर्पा गाउँहरूको अवलोकन गराइने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । सोही क्रममा भोटेकोसी गाउँपालिकाको सेलाङकट्टी रहेको ४ सय वर्ष पुरानो ऐतिहासिक मानव खप्पर (नाङदेन) दर्शन गराइने बताउनुभयो ।
शेर्पाका अनुसार अवलोकनको क्रममा शेर्पा समुदायको मौलिक नृत्य स्याब्रु, शेर्पाको मौलिक गीत—संगीत र परम्परागत खानका परिकार प्रस्तुत गरिने छ । शेर्पा गाउँको अवलोकन क्रममा प्रतिनिधिहरूले चीनको सीमासम्म भ्रमण गरेर अक्टोबर १० मा काठमाडौँ फर्किने र ११ मा नेपाल शेर्पा संघको भवनमा विदाई कार्यक्रम गरिने जानकारी दिनुभयो ।
विश्वको विभिन्न देशबाट अधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूको नामावली आइसकेको र नेपालमा रहेका विभिन्न संघसंस्थाले यही अक्टोबर १ सम्म संस्थागत रूपमा आफ्नो प्रतिनिधिको नामावली नेपाल शेर्पा संघमा बुझाउन आह्वान गरिएको छ ।
दोस्रो अधिवेशनको आयोजक संस्था विश्व शेर्पा संघ रहे पनि व्यवस्थापन भने शेर्पाहरूको छाता संगठन नेपाल शेर्पा संघ रहेको छ । अधिवेशनमा सहभागी नेपालबाहिरका प्रतिनिधिहरूलाई शेर्पा सेवा केन्द्रले नवनिर्मित धर्मशालामा निःशुल्क बस्नेको व्यवस्था प्रदान गरिने केन्द्रका अध्यक्ष गेल्जेन शेर्पा लामाले जानकारी दिनुभयो ।
यस्तो छ निर्वाचन कार्यक्रम :
१. नेतृत्व छनौट अधिवेशनमा सहभागी प्रतिनिधिहरूको माध्यमबाट बाट नभएर सबभन्दा धेरै शेर्पाहरूको बसोवास रहेको देशको आधारमा अध्यक्ष र महासचिव चयन गरिने र क्रमश शेर्पा रहेको देशहरूलाई सदस्य प्रदान गरिने बताउनु भयो ।
२. तेस्रो अधिवेशन आयोजना गर्ने देश तोकिने र सोही देशबाट उपाध्यक्ष र कोषाध्यक्ष चयन गरिने जनाएको छ ।’
अक्टोबर ८ मा दोस्रो अधिवेशन सम्पन्न भएपछि अक्टोबर ९ मा अधिवेशनमा सहभागीलाई शेर्पा समुदायको बसोवास रहेको सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँमा रहेका शेर्पा गाउँहरूको अवलोकन गराइने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । सोही क्रममा भोटेकोसी गाउँपालिकाको सेलाङकट्टी रहेको ४ सय वर्ष पुरानो ऐतिहासिक मानव खप्पर (नाङदेन) दर्शन गराइने बताउनुभयो ।
शेर्पाका अनुसार अवलोकनको क्रममा शेर्पा समुदायको मौलिक नृत्य स्याब्रु, शेर्पाको मौलिक गीत-संगीत र परम्परागत खानका परिकार प्रस्तुत गरिने छ । शेर्पा गाउँको अवलोकन क्रममा प्रतिनिधिहरूले चीनको सीमासम्म भ्रमण गरेर अक्टोबर १० मा काठमाडौँ फर्किने र ११ मा नेपाल शेर्पा संघको भवनमा विदाई कार्यक्रम गरिने जानकारी दिनुभयो ।
विश्वको विभिन्न देशबाट अधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूको नामावली आइसकेको र नेपालमा रहेका विभिन्न संघसंस्थाले यही अक्टोबर १ सम्म संस्थागत रूपमा आफ्नो प्रतिनिधिको नामावली नेपाल शेर्पा संघमा बुझाउन आह्वान गरिएको छ ।
दोस्रो अधिवेशनको आयोजक संस्था विश्व शेर्पा संघ रहे पनि व्यवस्थापन भने शेर्पाहरूको छाता संगठन नेपाल शेर्पा संघ रहेको छ ।
अधिवेशनमा सहभागी नेपालबाहिरका प्रतिनिधिहरूलाई शेर्पा सेवा केन्द्रले नवनिर्मित धर्मशालामा निःशुल्क बस्नेको व्यवस्था प्रदान गरिने केन्द्रका अध्यक्ष गेल्जेन शेर्पा लामाले जानकारी दिनुभयो ।
यस्तो छ निर्वाचन कार्यक्रम :
१. नेतृत्व छनौट अधिवेशनमा सहभागी प्रतिनिधिहरूको माध्यमबाट बाट नभएर सबभन्दा धेरै शेर्पाहरूको बसोवास रहेको देशको आधारमा अध्यक्ष र महासचिव चयन गरिने र क्रमश शेर्पा रहेको देशहरूलाई सदस्य प्रदान गरिने बताउनु भयो ।
२. तेस्रो अधिवेशन आयोजना गर्ने देश तोकिने र सोही देशबाट उपाध्यक्ष र कोषाध्यक्ष चयन गरिने जनाएको छ ।
प्रतिक्रिया