Breaking

एमालेमा गुटको सकस, विद्या फकाउँदै ओली, लडाँई गुटको कि उत्तराधिकारीको ?, प्रदेशको संकेत के ?


काठमाडौँ — अध्यक्ष केपी शर्मा ओलीको भाषामा केहि वल्टुहरु फुक्लिएर गएपछि एक ढिक्का बनेको दावी गरिएको एमालेमा प्रदेश अधिवेशनले नयाँ दृश्य देखाईदिएको छ । लुम्बिनीमा उपाध्यक्ष र महासचिवको लडाईबाट सुरु भएको प्रतिस्पर्धा अहिले देशैभर गुटको छायाँको रुपमा देखिन थालेको छ । जसलाई ओलीको उत्तराधिकारीको भिडन्तका रुपमा एकाथरीले विश्लेषण गर्दा यसले नेतृत्वकै विकल्प खोज्ने तर्क गर्नेहरु समेत छन ।

फलत ः एमालेभित्र नेतृत्वमाथि कार्यकर्ताले सांकेतिक विद्रोह गरेको दृश्यले ओलीमा भने छटपटि सुरु भएको हो । यो दृश्य प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलवार संसदमा गरेको लम्बेतान सम्बोधन को एक अंश हो । पार्टीभित्र विकल्प वलियो बन्दै गएको तथा प्रदेशमा समेत त्यस्तै दृश्य देखिन थालेको परिस्थितीमा उनी यो भनाईमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चिन्ता गरिरहेका छन । पूर्व राष्ट्रपतिहरुको अवस्था कस्तो छ ? तातो पानी खाए खाएनन् भनेर वढो भावुक सुनिएका उनको यो सरकारप्रतिको दुखेसो पार्टीको आन्तरिक राजनीतिकै हिस्सा नहोला भन्न सकिन्न ।

हुन पनि एकातर्फ उमेर हद हटाउदै आगामी नेतृत्वका लागि वाटो सफा गरेका ओली पार्टिमा विकसित अवस्थाले छटपटिमा देखिन थालेका छन । सुरुवातताका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उनको विकल्प बन्ने चर्चा गरिदाँ त्यसका लागि केहि नेताले प्रयास समेत थालेका थिए । जसले कम्युनिष्ट एकतासम्मको बाटो तय गर्न सक्ने तर्ककाविच ओली भने जवरजस्ती भण्डारीलाई अघि सार्ने काम भएको सार्वजनिक अभिव्यक्ति दिदै थिए । पछि भण्डारीलाई राजनीतिमा स्वागत गर्न सकिने भन्दै सकारात्मक भएको स्वाग पारेका उनी रणतितिमा भने पार्टीका कार्यक्रममा समेत आफ्नै मात्रै फोटो राख्ने बाटोमा अघि बढे ।

जसले केहि सुरक्षित महसुुस गरेका उनलाई अहिले प्रदेश अधिवेशनले पसिना छुटाएको छ । आफ्नो निर्देशन विपरित निर्वाचनमै जाने त्यसमा पनि प्यानल बनाए उम्मेद्वारी खारेज गर्ने धम्की समेत आफ्नै नेताले नमान्दा ओलीले आफै प्यानल बनाएर अघि बढ्न बाध्य बनेका हुन । जसको प्रतिफल वागमती र कोशीमा देखा परेपनि पार्टीभित्र देखिएको फरक मतको वर्चस्वले उनलाई वैचैन बनाएको छ । जुन पूवराष्ट्रपतिसंग जोडिएर आफैविरुद्ध खनिने त हैन भन्ने बुझाईमा रहेका उनले फेरि भण्डारीको चिन्ता गर्न सुरु गरेका हुन । जुन आशंकालाई ओलीले बुधवार विराटनर पुगेर नै विरोधीले पार्टीभित्र फुट ल्याउन खोजिरहेको आरोप लगाएर पुष्टि गरेका छन ।

बढ्दो गुटको चर्चालाई ध्यानमा राख्दै आफूलाई केन्द्रमा राखेर नसोच्न आग्रह गरेका उनले यो अभिव्यक्तिमा जित्ने, नजित्ने सबैलाई मिलेर अगाडि बढ्न आग्रह नै गरे । पार्टीभित्रका मधुकैटबले दिनु दुःख दिएको बताउँदै उनीहरू अहिले काँग्रेसको पाउमा पुगेको बताएका ओलीले आपसमा लड्नुपर्ने कुनै कुरा नभएको भन्दै विरोधीसँग लड्न आवश्यक रहेकामा जोड दिए । आफूले चाहेका घनश्याम खतिवडालाई नेतृत्वमा ल्याउन सर्वसहमतिको रटान लाएपनि निर्वाचनकै अवस्था आउँदा गुट कै राजनीति गरेका ओलीले हारेको र जितेको दुवै पचाउन आग्रह गरे ।

जवकी कोशीको भिडन्तलाई पूर्व राष्ट्रपति र ओली विचकै भिडन्तका रुपमा हेरिएको थियो । हुन पनि चितवनमा सम्पन्न एमालेको १० औं महाधिवेशनपछि पार्टीभित्र प्रतिस्पर्धा गर्ने झण्डै समाप्त भएको थियो भने महाधिवेशनपछि बनेका जिल्ला कमिटी प्रदेश संरचनाको नेतृत्वमा मनोनयनको विधि अपनाएर आन्तरिक प्रतिस्पर्धालाई निरुत्साहित गरिएको थियो । यसैलाई निरन्तरता दिदै प्रदेश अधिवेशन सुरु भएपछि ओलीले सकभर सहमतिमै नेतृत्व चयन गर्न निर्देशन विपरितको अहिले अवस्था विकसित हुदै गएको हो । यद्यपी राजनीतिक विश्लेषक मुमाराम खनाल भने यसलाई गुटको लडाई भन्दा पनि ओलीका उत्तराधिकारीको लडाईका रुपमा हेरिनुपर्ने बताउनुहुन्छ ।

हुन त भण्डारी गुटकै पनि भनिएका केहि नेताहरु नै दश बर्ष ओलीको विकल्प नभएको बताईरहेका छन । अहिले पार्टिभित्र देखिएको निर्वाचन लोकतान्त्रिक अभ्यासमात्र भएको बताउने उनीहरु यसले पार्टी चुस्तदुरुस्त बन्ने फाईदा हुने तर्क गर्छन । जसलाई कतिपयले पार्टीभित्र फरक मत राख्नेहरुको छद्म युद्धकै रणनितिका रुपमा विश्लेषण गर्दा ओली पनि कतै आफूले जे भन्यो त्यहि हुनेबाट माहोला फरक बन्ने त हैन भन्ने डरमा देखिन्छन । जसलाई पार्टीभित्र फरक मत राख्नेले प्रयोग गर्ने सक्ने खतरा निराकणकै उपायमा ओली रहेको पछिल्ला गतिविधीले प्रष्ट पारेका छन ।