Breaking

ओलीका १० कटाक्षः नारायणकाजीदेखि धनराजसम्म निशानामा, शीतल निवास हत्याराको सति गयो


काठमाडौँ — मंगलबारको प्रतिनिधिभा बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको भ्रष्टाचारविरोधी अभियानमा बिभिन्न प्रश्न उठाएका छन् । संसदमा प्रमुख प्रतिपक्षको भूमिका अवरोधमा मात्रै सिमित भएको आरोप लाग्ने गरेपनि मंगलबार भने ओलीले प्रधानमन्त्री, गृहमन्त्री, कानूनमन्त्री र राष्ट्रपतिका कदमप्रति आगो नै ओकले । उनीहरुसँगै काँग्रेसकै मन्त्रीहरुको पनि आलोचना गरेका ओली सभापति शेरबहादुर देउवाप्रति भने केही नम्र देखिए । जबजब सत्ता र प्रतिपक्षका शिर्ष नेताहरुको भेट हुन्छ । तब जनतामा शंशय पैदा हुन्छ, आसेपासे जोगाउन छलफलमा जुटे ।

हुन पनि संयोग नै मान्नुपर्छ जब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेट बाक्लिएको थियो त्यसबेला नक्कली भुटानी शरणार्थी प्रकरणलगायत बिभिन्न अनुसन्धान भइरहेका थिए । वा ती प्रकणमा तीनओटै शिर्ष पार्टीका नेताहरुकै नाम समेत मुछिएको थियो । त्यही अवस्थामा राजनीतिक सहमतिका नाममा भएको पटक–पटकको भेटमा शंका नगर्नुको विकल्प पनि थिएन ।

संसदमा सत्ता प्रतिपक्ष हरायो वा प्रचण्डकै निगाहमा चल्यो भन्ने आरोपका बीच मंगलबार भने ओलीले सरकारलाई संसदबाटै गतिलो दनक दिए । सरकारलाई स्वेच्छाचारी, गैरजिम्मेवार, अनुत्तरदायी र विकास विरोधीको संज्ञा दिएका ओलीले सुरुमै गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि प्रहार गरे । सुन प्रकरणको ढाकछोप गर्न लागेको आरोप लाउँदै सुशासनको अभियान कस्ले रोक्यो भन्दै प्रश्न गरे ।

संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आम माफीप्रति पनि ओलीले विरोध जनाए । ज्यान मुद्दामा सजाय पाएका नेपालगञ्जका योगराज ढकाल रिगललाई दिएको आममाफीबारे बोल्दै उनले घाँटी काटी मारेको मान्छेलाई छानी छानी किन पुरस्कृत किन गरिन्छ ? भन्दै प्रश्न गरे । एसिड आक्रमण गर्नेलाई अदालतले १० वर्ष सजाय तोकेपनि सरकारले छोडेकोप्रतिसमेत उनको आपत्ति थियो ।

आफ्नो दलको सफलतामा नभइ अर्को दलको विभाजनमा खुशी हुने दलहरुका कारण राष्ट्रिय एकता, स्वाधिनता र सद्भाव कमजोर भइरहेको उनले बताए । सत्ताको लोभमा देश, जनता र आफ्नो कर्तव्य बिर्सिएको बताएका ओलीले भावुक अभिव्यक्ति दिँदै जनताका लागि केही गर्न तथा अन्तिम सत्यसँग पनि खेलबाड नगर्न आग्रह गरे ।

राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा सहिष्णाुताको आधारस्तम्भ खस्काउन सरकार नियोजित रुपमा लागेको आरोपसमेत ओलीको थियो । ललिता निवास जग्गा प्रकरणमा गठबन्धनका नेता जोगाउन रुमालले होइन गम्छाले पसिना पुछ्नेगरेको उनको टिप्पणी छ । भ्रष्टाचारको फाइल खोल्छु भनेर सरकारले प्रतिपक्षलाई तर्साउन खोजेको उनको आरोप छ । ओलीले सुन काण्डले पनि सरकारलाई हैरान पारेको टिप्पणी गरेका छन् ।

शान्ति प्रकृयालाई टुंगोमा पु¥याउन प्रधानमन्त्री प्रचण्डले गत महिना मात्रै संयुक्त राष्ट्रसंघमार्फत अन्र्तराष्ट्रिय समुदायलाई गुहारेका छन् । सुरुमा देशभित्रकै संयन्त्रबाट टुंग्याउने भनिएपनि राजनीतिक सहमतिका नाममा ती कामहरुलाई थाती राखिएको छ । प्रचण्डकै कारण शान्ति प्रकृया टुंगोमा पु¥याउन ढिलाई भइरहेको ओलीको तर्क छ ।

फागुन १ गते जनयुद्ध थालनी भएको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउने सरकारको निर्णयप्रति पनि ओलीले असन्तुष्टि जनाएका छन् । आतंकको सुरुवाती भएको दिनमा भोज खुवाएर पिडीतहरुको मनमा झन् पीडा थप्ने काम भएकोले अर्को क्याबिनेटबाट जनयुद्ध दिवसको बिदा फिर्ता नलिए आफूले कदम चाल्ने उनको चेतावनी छ ।

अध्यक्ष ओलीले पटक–पटक प्रधानन्यायधीशमाथि महाभियोगको प्रस्ताव ल्याएर बर्सौैंसम्म लट्काएर राखेको आरोप लगाए । ओलीले कानूनमन्त्री घनराज गुरुङलाई पनि प्रहार गर्न छाडेनन् । पितृले भोट हालेको भन्दै व्यंग्य गरेका ओलीले बुुथ कब्जा सदर गर्नेलाई न्यायाधीशको उपहार दिएको आरोप लगाए ।

संससदमा ओलीले यत्तिको फेहरिस्त सुनाइरहदा साढे २ घण्टा लामो भाषण भने पट्यारलाग्दो थियो । संसदमा अधिकांस सिट खालि थिए । ओलीको ब्यङग्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुुसुमुसु हाँसिरहदा कांग्रस सभापति शेरबहादुर देउवा भने अनुपस्थित थिए । हालको सरकार र मन्त्रीहरु अझ काँग्रेसप्रति नै आक्रोशित बनेका ओली देउवाबिरुद्ध भने नरम देखिन्थे । देउवाप्रति ओलीको यो नम्रभावलाई अर्को सम्भावित राजनीतिक घटनाक्रमको रुपमा हेरिएको छ ।