Breaking

भारतविरुद्ध नेपालको शानदार प्रदर्शन, भारतीय व्याट्सम्यान निरीह, विश्वकप छनोटका लागि आत्मविश्वासी


काठमाडौँ — एक महिनाअघि एसिया कपमा भारतको राष्ट्रिय टोलीसँग व्योहोरेको हारको बदला लिने नेपालको सपना १९ औँ एसियाडमा पुरा हुन सकेन । पुरुषतर्फको क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग पराजय मात्रै बेहोरेन, प्रतियोगीताबाटै बाहिरियो । एक महिनाअघि एसिया कपमा भारतको राष्ट्रिय टोलीसँग व्योहोरेको हारको बदला लिने नेपालीको सपना टुटेको छ । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत पुरुषतर्फ क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएसँगै नेपाल सपनाको नजिक पुगे पनि पूरा हुन नसकेको हो ।

टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले २०३ रनको लक्ष्य पाए पनि निर्धारित २० ओभरमा भारतीयत घातक बलरविरुद्ध ९ विकटको क्षतीमा १७९ रन बनाउन सफल भएको थियो । नेपाल जितको नजिक पुगे पनि भारतलाई मुखैमा आईसकेको जित सुम्पिनु पर्यो । अम्पायरको दुईवटा गलत निर्णयले अन्तिम चारमा प्रवेश गर्ने नेपाल यात्रामा ब्रेक लागेको हो ।
भारतका ओपनर २१ वर्षीय यशस्वी जैसवालबाहेक भारतीय व्याट्स्म्यानहरु नेपाली बलरसामू निरीह देखिएका थिए । एकलौटी रुपमा भारतको कमाण्ड सम्हालिरहेका उनै शतकधारी जैसवाललाई दीपेन्द्र सिंह ऐरीले नौ औं ओभरको तेस्रो बलमा एलबीडब्ल्यूको शिकार बनाए पनि अम्पायरले आउट दिएनन् ।

जुन बखत भारत ९.३ ओभरमा एक सय दुई को स्थितिमा थियो भने जैसवाल व्यक्तिगत ७२ रनमा खेलिरहेका थिए । त्यसपछि उनले थप २८ रन जोड्नु नै नेपालका लागि घातक हुन पुग्यो । त्यस्तै दोस्रो इनिङमा पनि कुशल भुर्तेल अम्पायरको गलत निर्णयको शिकार बने । भारतीय टिममा डेब्यू गरेका खेलाडी साई किशोरको आठ ओभरको पाँचौ बलमा आभेष खानले भुर्तेललाई क्याच आउट गराए । तर,खानले उक्त क्याच लिएसँगै बल मैदानमा घिस्रिसकेको थियो । तर,अम्पायरले उक्त बललाई तेस्रो अम्पायरतिर पनि जान आवश्यक नठानी सिधै आउट दिएका थिए ।

नेपालको हारमा भारत केही भाग्यमानी सावित भए पनि नेपाली खेलाडीले पनि प्रदर्शन भने शानदार नै गरेका थिए । नेपालका लागि ऐरी र सन्दीप जोराले १९ बलमा ४३ रनको पार्टनसिप गर्दै विस्फोटक व्याटिङ गरेका थिए । ऐरीले १५ बलमा चार छक्काको मद्दतले सर्वाधिक ३२ रन बनाएका थिए भने, जोराले पनि १२ बलको सामना गर्दै तीन छक्का र एक चौका प्रहार गरेर २९ रन बनाए । ऐरी र जोरा क्रिजमा हुँदा नेपालले जित्नेमा ढुक्क जस्तै थियो । तर, अन्तिमतिर १४ देखि १८ ओभरसम्म प्रत्येक ओभरमा लगातार विकेट झरेपछि भने नेपालले जितबाट हात धुनु परेको थियो । यसबाहेक भुर्तेलले ३२, कुशल मल्लले २९ आसिफले १० रन जोडेका थिए । ऐरीले दुई विकेट लिँदा सोमपाल र सन्दीपले समान एक÷एक विकेट लिएका थिए ।

नेपालले व्याटिङ र बलिङमा राम्रो प्रदर्शन गरे पनि फिल्डिङमा भने केही चुकेको थियो । फिल्डिङ राम्रो गरेको भए नतीजा अर्कै हुनसक्ने प्रशिक्षक मोन्टी देखाएको भनाई छ । आईपीएल खेलिसकेका भारतीय खेलाडीविरुद्ध नेपाली खेलाडीले देखाएको प्रदर्शनबाट देशाई सन्तुष्ट देखिएका छन् । पछिल्लो समय नेपालले क्रिकेटमा छुट्टै चरित्र निर्माण गरेको बताएका उनी विश्वकप छनौटका लागि आत्मविश्वासी देखिएका छन् ।

जति भारतको जीतको चर्चा छ त्यो भन्दा बढी नेपालको हारको पनि छ । नेपाली खेलाडीको प्रदर्शनले सारा क्रिकेट जगत्को ध्यान तान्न सफल भएको बेला भारतको जितसँगै नेपालको हारको पनि उत्तिकै चर्चा छ । देशका तल्लो तहदेखि विश्वले नै नेपाली क्रिकेटको महत्व बुझिरहँदा देशलाई नेतृत्व गरिरहेका नेताहरुका लागि भने यो केबल चुनावी मुद्धा मात्रै बनेको छ । सफलतामाबधाई र शुभकामना दिन रेश पर्ने नेता र राज्यको खेल र खेलाडी सधै उपेक्षामा पर्ने गरेका छन् ।

बलेको आगो मात्रै ताप्ने प्रवृत्तिमा नै रमाईरहेका निकायहरुको उच्च प्राथमिकतामा क्रिकेट परेको जस्तो देखिए पनि केही दिनमा नै यो चटक्कै बिर्सने छ । बिर्सने परम्परा नै रहेको नेपाली नेतृत्वमा फेरि पनि क्रिकेट प्रतिको लगाव आउन अर्काे एउटा सफलता हात पर्नु पर्ने छ । खेलाडीको मेहनतले मात्रै सफलता पाउँदै गर्दा राज्य कहाँ र के गर्दै छ खोज्न पर्ने स्थिति छ । यद्यपि, राज्यले नजरअन्दाज नै गरे पनि खेलाडीमा सफलता दिने उत्साह भने कायम नै छ ।