Breaking

ओलीविरुद्ध विद्या र भीम रावल एकै ठाउँमा, एमालेमा बढे ओली विरोधी, अधिवेशनमा माधवको खोजी


काठमाडौँ — एमालेमा अध्यक्ष केपी ओली विरुद्ध वोल्दा राजनीतिक भविष्य सकिने भाष्यले फेल खान थालेको छ । उनले नचाहेको निर्वाचनले मन्द विद्रोहको सुरुवात गर्दा भीम रावलका एजेण्डा बलियो बन्न थालेका छन भने नेतृत्वमा विकल्पको आधार तय हुने विश्लेषण सुरु भएको छ । जहाँ निर्वाचनको दृश्यलाई पूर्वराष्ट्रपति र ओली गुटको रुपमा हेरिदाँ त्यसैमा रोटि सेक्नेहरु समेत बढेका छन । लुम्बिनीमा आफू र महासचिव शंकर पोखे्रेल नै लागेपनि निर्वाचन रोक्न नसकेका एमाले अध्यक्ष केपी शर्मा ओली आफू विरुद्धको नतिजाले झस्किएका थिए ।

जसले नयाँ नजिरका रुपमा एमालेभित्र लोकतान्त्रिक अभ्यासलाई अन्य प्रदेशमा पनि संस्थागत गर्दा वागमतीमा आफू निकट ल्याउन बालकोट नै लागेको थियो । त्यहि अवस्थाका कोशी र कर्णालीमा पनि देखिदाँ उनको यो कदमलाई निर्वाचनमै खेल्ने नयाँ रणनितिका रुपमा समेत हेरिएको थियो । हुन पनि ओलीको विरासतलाई भत्काउन प्रदेश प्रदेशबाट जमर्को गर्दै मुकाविला गर्न पछि नहटेका कार्यकर्ता कतै हमलामै उत्रिए भने कतै मध्यरात सम्मै मतदान गरे । सर्वसहमतीका नाममा गोजीबाट मान्छे छान्ने प्रवृत्ती र एकात्मक लाद्ने ओलीको रणनिति विरुद्ध धावा वोलेका उनीहरुले कार्यकर्ताले नेता छान्ने अवस्थाको सिर्जना गरेका हुन ।

जसले अहिले पनि शिर्षस्थ नेतामा झट्ट हेर्दा ओलीको विरुद्धमा वोल्ने कोहि पनि नभएको दृश्यमा त्यसका लागि कार्यकर्ताले दवाव दिएको संकेत गरेको विश्लेषण समेत भईरहेको छ । फलत ः एमाले भित्र साच्चै खिया लागेको पेचकिला परिवर्तनको देखिन थालेको छ भने भीम रावलले वालेको फरक मत राख्न पाउनुपर्ने मागको झिल्को अहिले प्रदेशमा आगलागीको रुपमै देखिएको हो । फलत ः त्यसको प्रतिकारमा प्यानल बनाएर लडे उम्मेदवारी खारेज गर्छु भनेर कार्यकर्ता धम्काउदै गरेका ओलीले आफैले वागमतीमा गुटका अभ्यास गरेका थिए ।

कर्णालीमै पनि मीनवहादुर शाहीलाई वोकेका उनले नेतृत्व चयनमा आफ्नो इच्छा थोपर्ने विरोधीले आफूलाई आरोपित गर्ने गरेको भन्दै उनले सके सर्वसम्मत, नभए स्वस्थ प्रतिस्पर्धा गर्न पार्टीले नरोक्ने आश्वासन दिन छाडेका छैन । जसलाई माथ खुवाउने गरि कोशीमा अधिवेशन उद्घाटनकै क्रममा आफ्नो इच्छा थोपरेर घनश्याम खतिवडाका लागि ओली दौडिएका थिए । जसले एमालेभित्रको रस्साकस्सी प्रष्ट हुदाँ यसले ल्याएको लोकतान्त्रिक अभ्यास भने सकारात्मक रहेको धेरेको बुझाई छ ।

कतिपयले यसलाई गुटको भन्दा ओलीले चाहेका र छोडेका विरुद्धको लडाईका रुपमा हेर्दा छोडेकैहरु वलियो बन्न थालेका छन । जसलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वोक्छिन कि नयाँ धार एमालेमा विकास हुन्छ भन्ने अर्को वहस पनि छ । यद्यपी यो धार कम्युनिष्ट एकताको पक्षधर र पार्टीभित्र जिवित वहस हुनुपर्छ भन्ने नै देखिएको छ । अर्कातर्फ ओलीको विरुद्ध मन्चमा वोल्न त परै जाओस छायाँ देख्दा पनि भीम रावलको अवस्थामा पुगिन्छ भन्नेमा डर भएकाहरु यसमा रमाईरहेका छन ।

वुढानिलकण्ठमा सुतेर वसेकी राष्ट्रपतिलाई घचघचाउदै उनकै नाम भजाएर अघि बढेका उनीहरु यो फरकधारलाई वोक्न सकिन्छ कि भन्ने आशामा रहेपनि खुलेर भने अघि आउन सकेका छैनन् । जसलाई अष्टलक्ष्मी शाक्य,सुरेन्द्र पाण्डे,योगेश भट्टराई जस्ता दशभाईका उपनाम पाएकाले ओली विरुद्ध भुसको आगो झोस्ने तरखरका रुपमा हेर्नेहरु समेत छ । जो ओली उपस्थित हुने मन्चमा चार हात उफ्रेर गुनगान गर्न पछि नपर्ने अनि सार्वजनिक भोट माग्नेर भित्रभित्रै आफ्ना मान्छे अघि बढाउने खेलमा व्यस्त देखिन्छन । जसको उदाहरण प्रदेशबाट केन्द्रमा ल्याएजस्तो गरेर शहिद बनाउन खोजिएका पृथ्वीसुब्बा गुरुङ बन्दा उनै गुरुङ फुटले राम्रो नगरेको घुमाउरो पारामा बताईरहेका छन ।

हुन त वातावरण परिपक्क नभई गुरुङ जस्ता नेताहरु मैदानमा भिड्छन भन्ने आशा गर्न सकिँदैन । तर कम्तिमा दवाव नभए भिडन्तकै वातावरण बनिरहदाँ उनीहरुको यो दोधारे चरित्रले कहिले ओली विरुद्ध वोल्न योग्य समय मान्ला यसै भन्न सकिने अवस्था भने छैन । जहाँ ओली लचक बनेर यो विचकै धार मालामाल नहोला भन्न समेत नसकिने अहिलको अवस्थामा सफ्ट विद्रोह थालेका कार्यकता भने रोकिने अवस्था छैन । जसले अ‍ोली गुट र उनका आसेपासेलाई चस्का लागेपनि लोकतान्त्रिक अभ्यासबाट छानिएको परिपक्क नेतृत्वले समग्र पार्टीलाई भने फाईदा नै गर्ने छ ।