राजनीति

संविधान दिवसको अवसरमा कैदीलाई दिइएको आम माफीको ओलीले गरे बिरोध


काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आम माफीको बिरोध गर्नुभएको छ । उहाँले एसिड आक्रमण गर्नेलाई अदालतले १० वर्ष सजाय तोकेपनि सरकारले छोडेकोप्रति आपत्ति जनाउनुभएको हो । उहाँले एसिड आक्रमण पीडित मुस्कान खातुनलाई सरकारले उपचार खर्चसमेत नदिएको बताउनु भयो । उहाँले हिंसात्मक घटनालाई प्रोत्साहित गर्नेगरी अपराधीलाई कैद मिनाहा गरेको बताउनु भयो । उहाँले यो देशमा न्याय छैन की यही हो न्याय ? भन्दै प्रश्न समेत गर्नुभयो । अध्यक्ष ओलीले कानून नमान्ने भए अपराधीका लागि कानूनमा यति सजाय भनेर किन तोक्नुपर्छ भन्दै प्रश्न गर्नुभयो ।