Breaking

गठबन्धन सरकार चरम अनुत्तरदायि र गैर जिम्मेवार भयोः ओली


काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार अनुत्तरदायि र गैर जिम्मेवार भएको बताउनुभएको छ । मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकार स्वेच्छाचारी, विकास बिरोधी रहेको उल्लेख गर्नुभयो । उहाँले अहिले विकासका कामलाई ठप्प पारिएको बताउनु भयो । उहाँले काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी नदिएको भन्दै भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको बताउनु भयो । अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) को नेतृत्वको गठबन्धनले कुनै राम्रो काम गर्न नसकेको बताउनु भयो ।