Breaking

नेपाललाई २९ रन जोड्दा पहिलो झड्का, आसिफ आउट


काठमाडौँ — १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरूष क्रिकेटको क्वाटरफाइनलमा भारतविरूद्ध २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले २९ रन जोड्दा पहिलो विकेट गुमाएको छ ।

नेपालका आसिफ शेख १०रन बनाएर आउट भए । उनलाई आभेश खानले आउट गरे । नेपालले चार ओभरमा एक विकेट गुमाएर ३० रन जोडेको छ ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोडेको थियो । भारतका यसस्वी जैसवाल एक सय रन जोडेर आउट भए । उनले ४८ बलमा सतक पुरा गरेका थिए ।

रूतुराज गाइक्वाडले २५ रन बनाए । रिंकु सिंहले १५ बलमा ३७ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट हात पारे । भारतले एक सय ३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । भारतले अन्तिम दुई ओभरमा मात्र ३९ रन जोड्यो ।

अविनाश बोहराले २० औँ ओभरमा २५ रन खर्चिएका थिए । अविनाशले ४ ओभरमा ५३ रन दिए । सन्दीपले ३ ओभरमा २८, सोमपालले ४ ओभरमा ३८, रोहित पौडेलले ३ ओभरमा २६ र दीपेन्द्रले ४ ओभरमा ३१ रन खर्चिए ।