Breaking

देउवाकै कारण बद्नाम बन्दै प्रचण्ड, आरजुको शासन, नारायणकाजीको पतन, कम्युनिष्ट सक्ने कांग्रेसी दाउ ?


काठमाडौँ — सरकारको नेतृत्व माओवादी अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डले गरिरहेपनि निर्णय प्रकृयामा भने कांग्रेस सभापति शेरबहादुर देउवाको प्रत्यक्ष हस्तक्षेप देखिन्छ । पछिल्ला केही घटनाक्रमले यसको पुष्ट्याईँ गरिसकेका छन् ।केही देउवाको दवाव त केही आफ्नै कारण पनि प्रचण्डले अपजस पाईरहेका छन् । कांग्रेसकै एक तप्काले सरकार असफल भएको रटान लगाईरहदा सरकार भने सुशासनकै आश देखाइरहेका छन् । सरकारका पछिल्ला अधिकांस कदममा कार्यकारी प्रमुखको हिसावले जस अपजसको भागेदार प्रधानमन्त्री पुपष्कमल दाहाल प्रचण्ड हुन् ।

सरकार प्रमुख प्रचण्ड नै हुन् तर सरकार चाँही कस्ले चलाईरहेको छ ? यसको सोझो जवाफ हो कांग्रेस सभापति शेरबहादुर देउवा । पाँचदलीय गठबन्धनमा भागबण्डा नमिलेपछि पुष १० मा प्रधानमन्त्री बन्न एमाले अध्यक्ष केपी ओलीको शरणमा गएका प्रचण्ड ओलीकै कारण सरकार सञ्चालनमा समस्या भएको भन्दै उपसभामुख र उपप्रधानमन्त्री समेत त्यागेर फेरी देउवाकै फेरो समातेका थिए । अहिले उनै देउवाले प्रचण्डलाई उपयोग गरेर लाभ लिइरहेका छन् । देउवा अहिले प्रचण्ड प्रधानमन्त्री भएकै बेला नक्कली शरणार्थी प्रकरणमा जेलमा रहेका बालकृष्ण खाँणलाई छुटाउन दवाव दिने आशय समेत व्यक्त गर्न थालेका छन् ।

शेरबहादुर देउवाको दवावमा के के निर्णय भए त ? नक्कली भुटानी शरणार्थी प्रकरणमा दोश्रो चरणको अनुसन्धान सुरु गर्ने क्रममा आरजुु देउवा र मञ्जु खाण समेत अनुसनधानमा तानिने डरले देउवाले अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुलाई मापदण्डको धज्जी उडाएर सरुवा गर्न लगाएका थिए । जसमा देउवाले केही गर्ने हुटहुटी लिएका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अघि बढ्नै दिएनन् । प्रधानमन्त्री प्रचण्ड पनि देउवाका सामु नीरिह बने ।

संविधान दिवसको अवसरमा नेपालगञ्जमा दिउँसै खुँडा प्रहार गरि हत्या गरेर जेल जीवन बिताईरहेको रिगल भनिने योगराज ढकाललाई पनि सरकारले आममाफी दिएको छ । तरुण दलका तत्कालीन क्षेत्रीय सभापति समेत रहेका उनलाई देउवाकै छत्रछाँया परेको बुझ्न समस्या छैन । देउवाकै दवावमा अघिल्लो राष्ट्रपतिले दराजमा थन्क्याएर निश्क्रिय बनाएको नागरिकता विधेयक प्रचण्ड नेतृत्वको सरकारकै दवावमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे ।

देउवाको दावावको श्रंखला यतिमा मात्रै रोकिएको छैन । प्रहरीलाई ज्यानमार्ने धम्की दिने नेपाली काँग्रेस कोशीका प्रदेशसभा सांसद खगेनसिंह हाङ्गाम खुलेयाम हिंडिरहेका छन् । उनका अराजक अभिव्यक्तिमा समेत काँग्रसले काँध थापेको बुझ्न समस्या छैन । सरकार भने सुशासनकै रटान लगाईरहेको छ ।

कांग्रेसभित्रकै एक तप्का भने सरकारका यी कदमहरुको लोक रिझ्याईका लागि मात्रै विरोध गरिरहेको छ । कांग्रेसमै पटक–पटक सरकारको विरोध किन हुन्छ भन्दा प्रचण्डलाई देउवाको बनावटी जवाफ हो । लोकतान्त्रिक पार्टीमा यस्तो स्वभाविक हो । फेरिएको सत्ता समीकरण कम्यूनिष्टहरुमा फुट ल्याउनकै लागि मात्रै थिएन भन्ने अहिले पुष्टि भइरहेको छ । पार्टीभित्रबाटै सरकारको आलोचना भइरहदा प्रचण्ड छाड्न नसक्नुमा अर्कोपटक सरकारको नेतृत्व आफै गर्नु र विवादित कामहरु प्रचण्डकै कार्यकालमा निमिट्यान्न पार्नु देउवाको स्वर्थ देखिन्छ । जनाकारहरु भने गठबन्धनको सरकारमा एकले अर्कोलाई बोक्नु स्वभाविक ठान्छन् ।

प्रधानमन्त्री प्रचण्डले एकातर्फ सुुशासनको मुहान फुटाउने बताइरहदा देउवा भने प्रचण्डको काँधमा एकपछि अर्को बन्धुक राखेर फायर गरिरहेका छन् । निर्णाय प्रचण्ड नेतृत्वको मनत्रीपरिषद्ले गरिरहेको छ । जश र अपजश पनि प्रचण्डले नै भोगिरहेका छन् । तर चलाउने काम भने देउवाले गरिरहेका छन् ।

यसो भनिरहँदा प्रचण्ड चोखो छन् भन्ने चाँही होईन । सुन प्रकरणमा माओवादीकै नेता तानिन थालेपनि अनुसन्धान कमजोर बनाएको तथा ललिता निवास प्रकरणमा सहयात्री जोगाएको, आफैले वाचा गरेको गौर हत्याकाण्डको छानविनबाट पछि हटेको लगायत घटनाक्रमको अपजस पनि प्रचण्डले आफ्नै कराण बोकिरहेकै छन् ।