Breaking

कानुनमन्त्री धनराज नै धाँधलीको नाईके, निष्ठाका गफ गर्ने, काण्डै काण्ड मच्चाउने, गगन र शेखर नै विरोधमा


काठमाडौँ — सत्ताको रंगमा रङिगएपछि बढेमानका सादगीहरु पनि दागी बन्न पछि पर्दैन भन्ने पछिल्लो उदाहरण कानुनमन्त्री धनराज गुरुङ बनेका छन । यसअघि नै पनि रातो पासपोर्ट काण्डमा नाम मुछिएपनि सांसद र मन्त्री नहुँदासम्म उनले गरेका राजनीतिक निष्ठाका कुरा,न्यायहिनताको विरोध अनि कानुनी राज्यको वकालतले उनको छवी राम्रै थियो । तर यो निर्वाचनमा पितृको भोटबाट निर्वाचित भएको आरोप लागेका उनी कानुनमन्त्री भएपछि त झन कलंकको उदाहरण नै बनेका हुन । चर्को वोलीले विपक्षीलाई प्रहार गर्ने तथा कांग्रेसको कोईराला पक्षको सम्भावनाको आधार नै बनेका धनराज गुरुङ कानुनमन्त्री बन्दै गर्दा पितृको भोटले चुनाव जितेको आरोप खेपिरहेका थिए । यद्यपी २०५७ सालमा सनसनी मच्चिएको रातो पासपोर्ट दुरूपयोग काण्डका मुख्य व्यक्ति भएको प्रहरी अधिकारीकै दावीका विच नेपाली राजनीतिमा छवि सुर्धादै गएका उनले कानुनमा स्नातकको शैक्षिक योग्यताले कानुनी राज्य स्थापनातर्फ सकारात्मक भूमिका नै खेल्ने धेरैको अपेक्षा समेत थियो । हुन पनि उनले आफ्नो निष्ठाप्रति प्रश्न नउठाउन सार्वभौम संसदमा सांसदहरुलाई समेत चेतावनी नै दिने गरको दृश्यले उनको दोहोरो रुप छ भनेर पत्याउन धेरैलाई सहज पनि थिएन । तर न्यायपरिषद बैठकमा पदेन सदस्य भएको फाइदा उठाउँदै गुरुङले पितृले समेत भोट हालेको भनेर चर्चित बुथ कब्जालाई वैधानिकता दिने निर्वाचन अधिकृतलाई न्यायाधीश बनाउन भिटो प्रयोग गरेर आफ्नो असलियत देखाए । प्रधानन्यायाधीश विदेश जान लागेकाले समयको दबाबमा परेका बेला जिल्ला न्यायाधीश नियुक्तिमा कोटा मागेका उनले आफूलाई चुनाव जिताउन सघाएका सरकारी वकिल रामचन्द्र शर्मालाई जिल्ला न्यायाधीश बनाए । गज्जव त उनको वरियता नै २९ न्यायाधीशका लागि परीक्षा दिएका २११ मध्ये पास भएका सर्वाेच्चका इजलास अधिकृत पारसमणि पोखरेल भन्दा अघाडि राखे । न्यायधिसकै सवालमा नक्कली भुटानी शरणर्थी प्रकरणमा वालकृष्ण खाँणलाई जेलको हावा खुवाएका काठमाडौँ जिल्ला अदालतका न्यायधिस प्रेमप्रसाद न्यौपानेलाई असोज ६ मा सरुवा गरेर रुकुमकोट जिल्ला अदालतमा पुर्याएर अर्को पुरुस्वार्थ देखाए । असामान्य अवस्थामा बाहेक दुई वर्ष नपुगी न्यायाधीशको सरुवा नहुने परम्परा विपरित २०७९ साउनमा मात्र जिल्ला अदालत आएका न्यौपानेको सरुवा गुरुङकै जोडवलमा भएको वुझ्न कुनै समस्या छैन । त्यसअघि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने नेपाल विद्यार्थी संघका कार्यकर्तामाथिको मुद्धा फिर्ता लिने निर्णय गरेर आफ्नो स्वरुप देखाईसकेका थिए । तर यी उदाहरण कसैले देख्दै नदेखेको भन्ने भ्रममा रहेका उनी लाजै पचाएर निष्ठाकै राजनीति गरेर मर्ने बताउन छाडेका छैनन् ।

आफू संसदबाहिर हुँदा विरोध गरेका मुद्दा उनी आफैँले बोक्न थालेको यसले प्रष्ट हुदाँ लाज नै पनि लजाउने पछिल्लो उदाहरण त रिगल ढकालको आममाफीको विषय बनेको छ । लखेटी–लखेटी दिनदहाडै मध्यशहरमा खुँडाले काटेर चेतन मानन्धरको हत्या गरेपछि अदालतको फैसलाबाट जन्मकैद सजाय भोगिरहेका रिगललाई कानुनमन्त्री गुरुङकै पहलमा ६० प्रतिशत कैद मिनाह गरी रिहा गरिएका हुन । तत्कालिन समयमा कांग्रेसको युवा भ्रातृ संगठन तरुण दलका क्षेत्रीय सभापतिसमेत रहेका गुण्डानाईके ढकाल यो व्यवस्थाकै महत्वपूर्ण आधार संविधान बनेको सम्झनामा मनाईने संविधान दिवसमा रिहा गरिएका हुन भने व्यवस्थाको संरक्षक राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा उनको बाँकी कैद मिनाह गरिदिएका हुन् । जसले पिडित परिवार त्रासमा पुग्दा तथा ढकालले तरुण युवाहरु अव दविएर बस्न नपर्ने सार्वजनिक अभिव्यक्ति दिन सुरु गरिसकेका छन । जसलाई वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपाने संविधानकै धज्जी उठाएको रुपमा हेर्छन । फलत ः अहिले जसले जे मन लाग्यो त्यहि गर्ने परिपाटी नै वढेको उनको बुझाई छ । कार्यान्वय नै नगर्ने भए किन संविधान बनाएको भन्ने प्रश्न गर्ने न्यौपाने यसले कानुनी राज्यको उपहास गरेको तर्क गर्छन ।

जसले कुनै एक पात्र वा व्यक्तिमात्र नभई व्यवस्था नै भ्रष्ट्रचारीले चलाएको आरोपलाई मलजल गर्दा धनराज त्यसको एक उदाहरण मात्र हुन । जो सांसद र मन्त्री नहुँदासम्म राजनीतिक निष्ठाका कुरा गर्थे, दण्डहिनताको विरोध अनि, न्यायको वकालत गर्थे । तर कानुनमन्त्री भएपछि मात चढेका उनी अहिले आफ्ना पूर्वमान्यताबाट च्यूत मात्र भएका छैनन्, न्यायमा निरन्तर धाँधली गरिरहेका छन् । अर्थात देशलाई सक्ने कसले कति भूमिका खेल्ने भन्ने अघोषित प्रतिस्पर्धाकाविच कानुनमन्त्री नै त्यसको पं्रतियोगी बनेका छन भने आम नागरिकका आँँखामा लागेको राम्रा नेताको भ्रमको जालो तोडिन थालेको छ ।