राजनीति

प्रधानमन्त्री प्रचण्ड चीनको छेन्दुमा

भोलि स्वदेश फर्कने


काठमाडौँ– चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको छेन्दु पुग्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट आज बिहानको उडानबाट छेन्दु पुग्नुभएको हो । उहाँलाई छेन्दु सिचुआन प्रान्तका उपगभर्नर याङ सिङपिङ, विदेश मन्त्रालयको सिचुआन प्रान्तका निर्देशक चाङ ताओ र विदेश मन्त्रालयको एसियाली मामिलासम्बन्धी विभागका प्रमुखले स्वागत गर्नुभयो । छेन्दुमा रहँदा उहाँले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री नेतृत्वको टोलीमा मन्त्री, सचिव लगायतको प्रतिनिधित्व छ । गत शनिबार अमेरिकाबाट चीन भ्रमणमा निस्कनुभएका प्रधानमन्त्री प्रचण्ड भोलि काठमाडौँ फर्किनुहुने छ ।