खेलकुद

नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर अस्ट्रेलिया पलायन

एक वर्षमै ५० भन्दा धेरै खेलाडी बाहिरिए


काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर अस्ट्रेलिया गएका छन् । दशकभन्दा लामो फुटबल करियरलाई त्यागेर उनी अस्ट्रेलिया पलायन भएका हुन् । उनले सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू थिए । एन्फा एकेडेमीका उत्पादन विमलले नेपालका लागि ४० क्याप जितेका छन् । २५ वर्षीय विमलले मच्छिन्द्र क्लबबाट सहिद स्मारक ए–डिभिजन लिग खेलेका थिए । सन् २०१५ मा नेपालले विमलको कप्तानीमा भारतलाई हराउँदै पहिलो अन्डर नाइन्टीन साफ च्याम्पियनसिप जितेको थियो । पछिल्लो एक वर्षमा नेपालका ५० भन्दा धेरै खेलाडी अस्ट्रेलिया पलायन भइसकेका छन् ।।