Breaking

राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले पनि छाडे देश


काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले पनि देश छाडेका छन्।

गोलनेपाल डटकमले सार्वजनिक गरेको तस्बिरअनुसार शुक्रबार बिहान उनी अस्ट्रेलियाका लागि प्रस्थान गरेका हुन्।

पछिल्लो समय यसरी खेलाडीहरू सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलिया जाने क्रम बढेको छ।

यसअघि स्ट्राइकर दीपकराज सिंह ठकुरी, पुजन उपरकोटी, रविशंकर पासवान र निशान खड्का अस्ट्रेलिया गइसकेका छन्।

मगर सबैभन्दा कान्छो नेपाली अन्तर्राष्ट्रिय खेलाडी हुन् र उनले २०१३ साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध डेब्यु गोल गरेका थिए।

मगरले नेपाल, भारत र माल्दिभ्सका धेरै क्लबबाट फुटबल खेलेका छन्।