Breaking

ओलीको दबदबाबीच एमालेमा लोकतान्त्रिक अभ्यास, प्यानलै बनाएर प्रतिस्पर्धा, बागमतीको रोकियो 


काठमाडाअ‍ैँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रदेशको नेतृत्व चयन गर्न जुटेको छ । नेताहरुको प्रदेश अधिवेशनमा भ्याईनभ्याई छ । पार्टी विभाजनपछिको पहिलो प्रदेश नेतृत्व चयन प्रक्रिया भएकाले नेता–कार्यकर्ता थप सक्रिय भएका छन । अझ प्रदेश अधिवेशनमा अध्यक्ष ओलीकै आदेशमा नेता कार्यकर्ताले अटेर नै गरेर निर्वाचन मार्फत नै नेतृत्व चयनको प्रयास गरेका छन् । माधव नेपाल समूह पार्टीबाट बाहिरिएपछि हाइसन्चो हुँदै एकलौटी र एकात्मक बनाउन तल्लिन ओलीलाई प्रदेश अधिवेशनमा एकपछि अर्को झट्का लागिरहेको छ ।

प्रदेश अधिवेशनमा होमिएको एमालेको लुम्बिनी प्रदेशमा अध्यक्ष केपी शर्मा ओलीको इच्छा विपरीत निर्वाचन नै गरेर नेतृत्व चयन भयो । प्रदेश अधिवेशनको सुरुवात नै ओलीको निर्देशन र चाहना विपरित बन्यो । लुम्बिनीको अधिवेशनमार्फत एकताको सन्देश दिने ओलीको चाहना पुरा भएन । दृश्यमा राधाकृष्ण कँडेल र हरि रिजाल देखिए पनि सारमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल गुटगत रुपमा नै प्रतिस्पर्धी बने ।सर्वसम्मतको हरसम्भव प्रयासमा नेतृत्वले नै बलमिच्याई गर्दा समेत प्रतिनिधिहरुले अस्वीकार गरेपछि निर्वाचन विकल्प बन्यो ।

लुम्बिनीमा राधाकृष्ण कँडेल विजय भए । पार्टीमा कुनै गुट नरहेको दाबी गर्ने तर आफै गुटको राजनीति गर्ने नेतृत्वकै छत्रछाँयामा लुम्विनीबाट सुरु भएको गुटको गन्ध अन्य प्रदेशमा पनि देखिन थालेको छ । वाग्मति प्रदेशमा पनि निर्वाचनबाटै नेतृत्व टुङगो लाग्ने निश्चित भएको छ । बागमतीमा गोकुल बास्कोटा र महेश बस्नेत गुट मुख्य प्रतिस्पर्धी छन । दृश्यमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल देखिए पनि सारमा बाँस्कोटा र बस्नेत मैदानमा छन् । यी दुईको गुट मौलाएपछि अन्य गुटले पनि उम्मेदवार उठाएका छन । अध्यक्षमा ५ जना आकांक्षीले उम्मेदवारी दर्ता गरेका छन । उम्मेदवारहरुले यसलाई गुट–उपगुटको प्रतिस्पर्धा नभई असल लोकतान्त्रिक अभ्यासको निरन्तरता मात्र भएको दावी गरेका छन ।

अध्यक्षको हैसियतबाट यो अधिवेशनबाट सबै पदमा सर्वसम्मतिबाटै टुंग्याउने गरी अन्तिमसम्म अधिकतम प्रयास ओलीले गरिरहेकै छन्। प्यानलै बनाएर प्रतिस्पर्धा गरेको पाइए उम्मेदवारी खारेज गर्नेसम्मको उनको चेतावनी छ । तर अध्यक्ष ओलीको आग्रहलाई अटेर गर्दै प्यानल नै बनाएर चुनावी मैदानमा देखिन्छ ।

माथिल्लो पदमा प्रतिस्पर्धा हुने भएपछि तल्लो पदहरुमा समेत उम्मेदवारको लावा लस्कर देखिन्छ । अधिवेशनमा निर्वाचन ओलीका लागि अस्वभाविक जस्तो भए पनि नेता कार्यकर्ताका लागि भने स्वीकार्य देखिन्छ । पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस चलाउने तर पार्टीलाई एकलौटी र एकात्मक वातावरण निर्माण गर्न उदत्त ओलीको आदेश एकपछि अर्को प्रदेश अधिवेशनमा अस्वीकृत हुँदै गएको छ ।