Breaking

सत्तामा ढुक्क प्रचण्ड, तर जनताका मुधामा चुके, सुनले सकियो माओवादीको सुशासन


काठमाडौँ — प्रचण्डको नेतृत्वमा गठन भएको सरकारले नौ महिनापार गरेको छ । यस अवधिमा प्रधानमन्त्रीले पटकपटक सत्ता संकटको सामना गर्नु पर्यो । तर, बिहानीले दिनको संकेत गर्छ भनेझैँ सरकार बनेको नौ महिनाको अवधिमा प्रचण्डले गरेका कामले पनि आगामी यात्राको संकेत गरेको देखिन्छ । प्रधानमन्त्री नै बन्नदुई पटकगठबन्धन फेरेका पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेको नौ महिना बितेको छ ।

गत पुस १० गते नेपाली कांग्रेससहित पाँच दलीय गठबन्धनको साथ छोडेर नेकपा एमालेको साहारामा सातदलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्डले दुई महिनापछि फेरि कांग्रेसकै फेरो समातेर सरकारमा टिक्न सफल भएका थिए । विगतको दुई कार्यकाल नौ महिनामा नै सत्ताबाट हात हुनु परेको प्रचण्डले यस पटक भने विभिन्न संकटलाई मोचन गरेरै भएपनि नौ महिना सम्मको यात्रा तय गरेका छन् ।

भिडियो