Breaking

‘ईः’ को स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण


काठमाडौँ– राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका अभियन्त ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका सदस्य लिली थापा नेतृत्वको उच्चस्तरीय टोलीले हिजो स्थलगत अनुगमन गरेपछि आज आयोगले विज्ञप्ति जारी गर्दै अभियन्ता ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न र वार्तामार्फत यथाधीघ्र समस्याको निकास निकाल्न सुझाव दिएको हो । ‘रातिको १२ बजेदेखि ५ बजेसम्म कुर्चीमा बस्ने र बाँकी समय लौरो टेकेर उभिने गरेको, विगत ८ दिनदेखि उभिएर धर्ना गरिरहेका ईः का दुवै खुट्टा अस्वाभाविक रुपमा सुन्निएको, नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम परेको, सुन्निएको कम गर्नका लागि चिकित्सकको सल्लाहबमोजिम असोज ८ गतेदेखि औषधि सेवन गरिरहेको लगायतका जानकारीहरु अनुगमनबाट पाइएको, आयोगको विज्ञप्तिमा उल्लेख गरीएको छ । आयोगले आफ्नो स्वास्थ्य र जीवन नै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रदर्शनका अन्य विकल्प खोज्न पनि सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।