Breaking

टी-२० आईमा नेपालले एकै खेलमा बनायो ७ रेकर्ड


काठमाडौँ – १९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै कीर्तिमान बनाएको छ ।

चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको नेपालले मंगोलियालाई १३.१ ओभरमा ४१ रनमा अलआउट गर्‍यो ।

यसक्रममा नेपालले टी-२० आई क्रिकेटमा कम्तिमा ७ वटा रेकर्ड बनाएको छ ।