काठमाडौँ — पेशाले नै बौद्धिकमानिने शिक्षकहरु अहिले आन्दोलनका क्रममा सडकमा छन् । उनीहरुले गरिरहेको आन्दोलन नेपालको परम्परातग आन्दोलनको भन्दा फरक देखिन्छ । उनीहरुको आन्दोलनमा मुठभेड शुन्य तर, रचनात्मक क्रियाकलाप बढी देखिन्छ । सामान्यतः नेपालमा आन्दोलन भन्नासाथ उग्र, ढुंगामुढा र मुठभेड जस्ता संस्कार प्रचलनमा छ ।
तर, सात दिनदेखि शिक्षकहरुले गर्दै आएको आन्दोलनमा भने नेपालीहरुले देख्दै र भोग्दै आएको गतिविधि भन्दा फरक दृश्य देखिन्छ । शिक्षकको आन्दोलन रचनात्मकसँगै मनोरञ्जनपूर्ण प्रस्तुतिले देशको ध्यानतानेको छ ।
भिडियो


प्रतिक्रिया