काठमाडौँ — आम नागरिकको अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको अहम् पक्ष हो । अर्थात लोकतान्त्रिक व्यवस्थामा आन्दोलन वा विरोध स्वीकार्य छ । समाजका सचेत वर्ग आफ्नो जिम्मेवारी नै भुलेर सडकमा उत्रन्छन भने यो पक्कै सोचनिय विषय बनेको छ भने राजधानी काठमाडौमा हुने हरेक दिनको विरोध प्रर्दशन र आन्दोलनले जनजीविका अस्तव्यस्त छ । सामुदायिक विद्यालयका शिक्षकहरुको आन्दोलन निरन्तर छ ।
शिक्षा विधयकको विरोधमा उत्रिएका आन्दोलनरत शिक्षक र सरकारबीच ६ बुँदे सहमति भए पनि राहत शिक्षकको माग सम्बोधन नभएपनि उनीहरुले आन्दोलनलाई जारी राखेका छन । विद्यालयको कक्षाकोठामा भेटिने शिक्षकहरु अहिले सडकमा नारावाजी लगाउने,दिउँसै सडकमै लम्पसार पर्नेदेखि अनेक रचनात्मक शैलीमा सरकारको ध्यानकर्षण गराउन लागि परेका छन ।
शिक्षकहरुको काठमाडौ केन्द्रित आन्दोलन सेलाउन नपाउँदै मंगलवारदेखि स्वास्थ्यकर्मीहरुले सडक तताउन थालेका छन । स्वास्थ्यकर्मीमाथी भईरहेको श्रृंखलावद्ध आक्रमणको विरोधमा सुरक्षाको माग गर्दै चिकित्सकहरू सडकमा निस्किएका हुन् । आफुहरुले सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने माग सहित उनीहरु प्रदर्शनमा निस्किएका छन ।
संधै आन्दोलन र विरोध हुने काठमाडौमा पछिल्लो समय केन्द्र सरकारको साथै स्थानीय सरकार अर्थात काठमाडौ महानगर विरुद्ध हुने आन्दोलन र विरोध समेत बढ्दो छ । फुटपाथ व्यापारीदेखि अभियान्ताहरु मेयर बालेन विरुद्ध सडकमा छन । आन्दोलन र विरोध प्रर्दशनमा बालेन बल पु¥याईरहेको छ ।
दैनिकजसो कुनै न कुनै माग राखेर हुने आन्दोलन तथा विरोध प्रदर्शन संघिय राजधानी काठमाडौको पर्याय बनेको छ । राजधानी काठमाडौमा कहाँ कुन बेला कसको विरोध वा प्रर्दशन हुन्छ पत्तो हुन्न । विरोध नगरे कुनै पनि विषय सम्बोधन नै हुँदैन । आफ्नो समस्या सडकमा उत्रिएर शक्ति प्रर्दशन गरे मात्र सरकारले सम्बोधन गर्न बाध्य हुने भाष्य निमार्ण भईसकेको छ । आन्दोलनको आकार–प्रकार र प्रकृति फरक हुन सक्छ तर आन्दोलन नियमित दैनिकी बनेको छ ।
वितेको ३४ वर्षमा २८ वटा प्रधानमन्त्री फेरिए व्यवस्था फेरियो तर न त नागरिकको अवस्था फेरियो न त सडकमा आउनुपर्ने बाध्यताकै अन्त्य । बस सडकमा उत्रिने जमात भने परिवर्तन भएको देखिन्छ । दिनभरी कमाएर हातमुख जोड्ने जमात भन्दा समाजका सचेत वर्ग बढि सडकमा देखिन्छन् । यदि आफ्नो समस्या कुम्लो कसेर बसेका सर्वसाधरण पनि सडकमा उत्रिए अवस्था झन विकरात मात्र होइन विष्फोटको संकेत देखिन थालेको छ । यसतर्फ सरकार गम्भिर बन्ने कि ?


प्रतिक्रिया