राजनीति

लेखापरीक्षण गर्नेहरुको पनि वित्तीय अनुशासन छानबिन गर्नुपर्छः अध्यक्ष लिङदेन


काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सार्वजनिक लेखा समितिले लेखापरीक्षण गर्नेहरु वित्तीय अनुशासनमा भए÷नभएको विषयमा छानबिन गर्न आवश्यक रहेको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताउनुभएको हो । उहाँले महालेखा परीक्षकहरुले अंकमा बेरुजु देखाउने मात्रै नभएर जवाफदेही बनाउनुपर्ने बताउनु भयो ।

अध्यक्ष लिङदेनले हरेक वर्ष उच्च रुपमा बेरुजु बढ्नुको प्रमुख कारण समेत महालेखापरीक्षकले छुट्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले बेरुजुको आधा हिंसा भन्दा बढी देशको अर्थतन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयय अन्तर्गत हुने कारण देशको ऐन कानून वा नेतृत्व बारेमा महालेखापरीक्षकको दृष्टिकोण प्रष्ट हुन आवश्यक रहेको बताउनु भयो । अध्यक्ष लिङदेनले महालेखाले बेरुजु देखाउने तर जवाफदेही व्यक्ति माथिल्लो निकायमा गएर थप बेरुजु थप्दै जान दिनु नहुने बताउनु भयो ।