Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

आफूहरूमाथि आक्रमण हुन थालेपछि सुरक्षा माग्दै चिकित्सकहरू आन्दोलीत

गृहमन्त्री श्रेष्ठ र स्वास्थ्यमन्त्री बस्नेतको राजीनामा माग


काठमाडौँ– आफूहरूमाथि आक्रमण हुन थालेपछि सुरक्षा माग्दै चिकित्सकहरू सडकमा निस्किएका छन् । विभिन्न पेशागत माग राख्दै देशभरका शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन सेलाउन नपाई डाक्टरहरू सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने माग लिएर प्रदर्शनमा निस्किएका हुन् । हिजोमात्र पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा सहकर्मीमाथि आक्रमण भएपछि डाक्टरहरू आक्रोशित बनेका छन् । डाक्टरहरूले कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने आवाज उठाएका छन् । माइतीघरमा विरोध प्रदर्शन गर्दै उनीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा मागे ।