Breaking

यती एयरलाइन्स २५ वर्ष पूरा, क्यानले गर्‍यो सम्मान, अब सर्वसाधारणलाई प्रिमियिम शेयर दिने


काठमाडौँ – नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान) ले यती एयरलाइनसलाई सम्मानपत्र प्रदान गरेको छ ।

सोमबार एयरलाइनसको २५औं वर्षको अवसरमा क्यानका महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पालाई बधाईसहित सम्मानपत्र हस्तान्तरण गरेको हो । काठमाडौँबाट लुक्लासम्म पहिलो उडान भरेको यस एयरलाइन्सको स्थापना सन् १९९८ सेप्टेम्बर २४ मा स्थापना भएको थियो ।

सम्मान ग्रहण गर्दै एयरलाइन्सका अध्यक्ष शेर्पाले एयरलाइन्सलाई सार्वजनिक कम्पनीको रूपमा ल्याउने लक्ष्य लिएको बताउनु भएको छ । शेर्पाले २५ वर्षअघि २ वटा विमानसहित एयरलाइन्स सुरू गरेको र २ वर्षपछि उनका भाइ स्वर्गीय आङ्छिरिङ शेर्पाले यसको विकासमा सहयोग गरेको मसेत बताए ।

यती एयरलाइन्सले स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा अब आईपीओमा जाने घोषणासमेत गरेको छ । एयरलायन्सका कार्यकारी अध्यक्ष सोनाम शेर्पाले सर्वसाधारणलाई प्रिमियम शेयर दिनेगरी शेयर मार्केटमा जान लागिएको बताउनु भएको हो । यतीले एटीआर जहाज ५ वटाबाट अब १० वटा बनाउने भएको छ ।