Breaking

मुगुमा समिटले छाडेका चिकित्सकका लागि मन्त्री किराँतीले पठाए निगमको जहाज


काठमाडौँ – मुगुस्थित ताल्चा विमानस्थलमा समिट एयरको जहाजले छाडेका डाक्टरहरूलाई गन्तव्यमा पुर्‍याउन नेपाल वायु सेवा निगमको जहाज पठाइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीका अनुसार ताल्चा विमानस्थलबाट नेपालगन्ज आउन छुटेका चिकित्सकहरूलाई गन्तव्यमा पुर्‍याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको हो।

‘मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरूको खबरले दुःखित बनायो’, जहाजको तस्बिरसहित मन्त्री किराँतीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गन्तव्यमा पुर्‍याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको छ।’
पहिला टिकट बुकिङ गरेका डाक्टरको समूहलाई छाडेर समिट एयरको जहाजले मंगलबार बिहान माओवादीका नेताहरूलाई नेपालगन्ज लगेको हो।