Breaking

देउवालाई ओलीको छैन भर, प्रचण्ड हटाउन कांग्रेसमा लविङ, गगन–शेखरो जोडले ढल्ला सरकार ?


काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले इतर समूहबाट अघिल्लो कार्यकालदेखि नै दबाब भोग्दै आएका छन् । तर, यसपटक भने आफ्नै पक्षका केन्द्रीय सदस्यहरूले समेत कार्यशैलीमा सुधार गर्न देउवालाई दबाब दिए । नेपालमा रहेका शीर्ष नेताहरूमध्ये सबैभन्दा कम बोल्ने, बोली हालेपनि झर्केर र रिसाएर बोल्ने नेतामा पर्छन, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।

पूर्वप्रधानमन्त्रीसमते रहेका देशको सबैभन्दा पुरानो र ठूलो पार्टीका सभापति देउवा हतपत बोल्दैन र बोली हालेपनि रिसाएर र झर्केर बोल्छन् भन्ने आम बुझाइ छ । कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले आफ्नै कार्यकर्तालाई नचिनेको परिवेश चर्चामा छ । आफैंले बोल्नका लागि समय दिएका केन्द्रीय सदस्य हरिशरण नेपालीको देउवाले सुरूमा त नामै भुलें ।

केन्द्रीय समितिको अघिल्लो बैठकमा देउवाको बचाउमा खरो उत्रिएका नेताहरुले समेत सच्चिएर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् । संस्थापन इतर समूहले त सुरु देखि नै देउवाको कार्यशैलीको आलोचना गर्दै आएको छ । देउवा पक्षकै नेताहरुले सरकारको विकल्प खोज्नुपर्ने आवाज बुलन्द पारेका छन् । गठबन्धनको नेतृत्व गर्ने कांग्रेसलाई प्रधानमन्त्री प्रचण्डलाई निर्देशन दिन नसकेको असन्तुष्टि कांग्रेसमा छ ।

प्रतिनिधि सभामा ९० सिट हाराहारी भएपछि कांग्रेस ३२ सिटको माओवादीलाई सत्ता सुम्पिएर बसेको छ । यद्यपि, गठबन्धनका शीर्ष नेताहरुबीच प्रधानमन्त्री आलोपालो गर्ने सहमति छ । धेरैले कांग्रेस सभापति देउवाले मौनता साँधिरहेका छन् । तर, केन्द्रीय सदस्यहरू मौन छैनन् ।

सत्तापक्षबाटै नेताहरुले सरकारले सुशासन कायम गर्न नसकेको, भ्रष्टाचार र बेथिति मौलाएको भन्दै आक्रोश पोखिरहेका छन । माओवादीले आफ्ना नेतालाई बचाएर अन्य पार्टीका नेतामाथि प्रतिशोधको राजनीति गरेको आरोप पनि लाग्दै आएको छ । तर, सरकार उक्त आरोपमा सहमत छैन । आम जनता र देशको हितमा महत्वपूर्ण काम गरेको दाबी सरकारको छ ।

त्रिशंकु संसदमा कुनै एक दलले मात्रै सरकार बनाउन सक्दैन । त्यसको फाइदा उठाउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा छन् । कांग्रेस र एमालेका केही नेताहरू प्रचण्डको विकल्प खोज्नुपर्ने भन्दै खुलेर लागेका छन् । तर, कांग्रेस सभापति देउवाले नचाहेसम्म अहिलेको सत्ता समिकरणमा फेरबदल सम्भव देखिदैन ।