काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साताव्यापी चीन भ्रमणमा छन । दुई पक्षीय सम्बन्ध सुधार र कुटनीतिक हिसावले अर्थपूर्ण रुपमा हेरिएको प्रधानमन्त्रीको चीन यात्रा चौतर्फी चासोका साथ हेरिएको छ । अमेरिका हुँदै चीन पुगेका प्रधानमन्त्री प्रचण्डको स्वागतमा रातो कार्पेट विछ्याएको उत्तरी छिमेकी चीन र नेपालबीच भएको सम्झौता र समझादरी भने औपचारिकताका लागि मात्रै जस्तो देखिएको छ । उत्तरी छिमेकी चीनको साताव्यापी भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमवार चीनको राजधानी बेइजिङ पुगेका छन ।
बेइजिङमा समकक्षी चिनियाँ प्रधानमन्त्री लि छियाङले प्रधानमन्त्री प्रचण्डलाई भव्य स्वागत गरे । प्रधानमन्त्री प्रचण्डको विशेष सम्मानमा चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरेको छ । अमेरिका हुँदै शनिवार हाङजाउ ओर्लिएका प्रधानमन्त्री प्रचण्डलाई पहिलो पटक उपप्रधानमन्त्री नै विमानस्थलमा पुगेर स्वागत गरिएको थियो ।
शनिवार नै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शीष्टचार भेटवार्ता गरेर बेइजिङ पुगेका प्रधानमन्त्री प्रचण्ड र समकक्षी लीबीच प्रधानमन्त्रीस्तरीय वान–टु–वान वार्तापछि नेपाल र चीनबीच १२ वटा सम्झौता र एउटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनको ग्रेटहल अफ दी पिपुलमा भएको द्विपक्षीय औपचारिक वार्तापछि विभिन्न १२ वटा सम्झदौता र एउटा समझदारीपत्रमा हस्ताक्षर भएको हो । तर सम्झौता र समझलारीमा हस्ताक्षर भएकोमा त्यति धेरै खुशी हुनुपर्ने ठाउँ भने छैन ।
महत्वपूर्ण विषयको उठान नगरी केवल औपचारिकताका लागि मात्रै सम्झौताहरुमा हस्ताक्षर भएकोमा प्रधानमन्त्री प्रचण्डको आलोचना सुरु भईसकेको छ । कृषि, सञ्चार, विज्ञान प्रविधि, व्यापारसँग सम्बन्धित रहेर सम्झौता तथा समझदारी छ । तर, चीन भ्रमणमा सबै भन्दा चासोमा रहेको चीनले प्रस्ताव नै पठाएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) एजेन्डा नै बन्न सकेन ।
चासोमा रहेको नक्साको विषय पनि प्रधानमन्त्र प्रचण्डले कोट्याएनन् । भैसी, सुँगुर बंगुरको मासु आयत गर्ने, जडिबुटि, विद्युत उर्जा, लगायत अनगिन्ती योजनाहरु बोकेर चीन पुगे पनि सम्झौता पत्रले प्रधानमन्त्री प्रचण्डको चीन यात्रा त्यति सन्तोषजनक देखिएन । दुईपक्षीय सम्झौता गर्ने तर कार्यन्वयन नगर्ने आरोप खेप्दै आएको चीनले स्वागत जति तामझामले ग¥यो, जुन कुटनीतिक सौहार्दता देखायो सम्झौता र समझदारीमा भने झटारो हानेको छ ।
भ्रमण नटुङगिएरै प्रधानमन्त्रीको चीन यात्रा आलोचना केन्द्रित भएको छ । व्यापार पूर्वधार विकासमा अपेक्षाकृत सम्झौतादेखि सीमा नाकाको समस्या, चीनको मानचित्र सार्वजनिक भएको नेपालको बुच्चे नक्साको उठान हुन सकेन । यो विषयलाई प्रधानमन्त्री प्रचण्डले मुख्य मागको रुपमा उठाउने अपेक्षा थियो । सडक र सदनमा समेत दवाव बोकेर चीन हुँइकिएका प्रधानमन्त्रीको यो पटकको भ्रमण औपचारिकतामै सिमित भएर सक्किने भएको छ ।


प्रतिक्रिया