राजनीति

कोशीमा मन्त्रिपरिषद् विस्तारगर्ने मुख्यमन्त्री कार्कीको तयारी


काठमाडौँ– विश्वासको मतलिने अन्तिम म्याद नजिकिँदै गर्दा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ । मुख्य मन्त्री कार्कीले एमालेका ४ जनालाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गर्न लाग्नुभएको हो । मन्त्रीबन्नेहरुको नाम सार्वजनिकअहिलेसम्म नभएपनि मोरङका लिलाबल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, सुनसरीका रामप्रसाद मेहता र धनकुटाका निरन राईको नाम चर्चामा छन् ।नवनियुक्त मन्त्रीहरु सबै नेकपा एमालेका हुने र उनीहरुको शपथ ग्रहण समारोह केहीबेरमा हुने नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताउनुभयो । सर्वोच्च अदालतको परमादेश पछि एमाले संसदीय दलका नेता कार्की पछिल्लो पटक गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । मुख्यमन्त्री नियुक्त भएको मितिले एक महिना भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । आगामी २१ गते भित्र मुख्य मन्त्री कार्कीले विश्वासको मत लिइ सक्नुपर्छ । विश्वासको मतलिने मिति सकिन करिब दुई साताबाँकी हुँदा उहाँले आज मन्त्रिपरिषद विस्तार गर्न लाग्नुभएको हो ।