काठमाडौँ – मेयर बालेन शाहलाई चुनावी बाचा सम्झाउन सात दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिरहेका अभियन्ता ईः सँग काठमाडौं महानगरपालिकाले सम्वाद गरेको छैन । निरन्तर उभिइरहँदा ईः को खुट्टा निकै सुन्निएको छ ।
सोमबार पनि ईः उभिरहेका थिए । काठमाडौं महानगरका एक नगर प्रहरी नजिक आएर भने, ‘मेयरसाबले खोज्नु भएको छ, भित्र आउनुपर्यो ।’
ईः आश्चर्यमा परे । यदि महानगरले सम्वाद गर्न चाहेको भए पूर्व सूचना दिएर वार्तामा बोलाउन सक्थ्यो । वार्तामा बस्न अभियन्ताहरु तयार पनि छन् । उनले त्यही भने, ‘वार्ता गर्ने भए कम्तिमा एक÷आधा घन्टा दिनुपर्छ । हाम्रो पक्षबाट कानुनी जानकार, सहरी विकासका जानकार साथीहरु आउनुपर्छ ।’
नगर प्रहरीले जवाफ फर्काए, ‘अहिले भेट्ने भए भेट्नुप¥यो, नभए भेट्दैन ।’
अभियन्ता ईः महानगरले वार्ता गर्न चाहेको भए आफूहरु तयार रहेको बताए । तर महानगरको नेतृत्व वार्ता गर्ने भन्दा पनि वार्तामा बोलाएकै हो, आएन भनेर प्रचार मात्र गर्न खोजेको उनले बताए ।
भन्छन्, ‘हकारेर बोलाउने, नआएर पछि भेट हुँदैन भनेर थर्काउने भनेको सनक प्रवृत्तिकै निरन्तरता देखियो ।’
मेयर बालेनले भने अभियन्ताहरु उभिरहेको ठाउँमा आफैं गएर वार्ता गरौं भन्दा पनि नआएको दाबी गरेका छन् ।
प्रतिक्रिया