Breaking

ओलीको क्रेज, पछि परे देउवा प्रचण्ड, एमालेको नयाँ–नयाँ शैली, टिकटकदेखि फेसबुकसम्म ओलीनै ओली


काठमाडौँ– एमाले अध्यक्षतथापूर्वप्रधानमन्त्री केपीशर्मा ओलीअहिले सामाजिक सञ्जालको शक्तिलाई नजिकबाटबुझेर त्यसैमाझुम्नथालेकाछन् । सापेक्षितविषयअनुकुलआफुलाई ढाल्न सक्ने ओलीअहिले बालबालिक देखि बुढाबुढीसम्मनजिकभएर रम्न थालेकाछन् । उनले यो बीचमाआफ्नो (बा) ब्राण्डिङ सुरु गरेकाछन् । नेकपाएमालेका अध्यक्षतथापूर्वप्रधानमन्त्री केपीशर्मा ओलीलाई तपाई झट्ट सम्झिनु प¥यो भने कसरी सम्झिनु हुन्छ?विरोधिलाई शव्दबाणले हानेर घायलपार्न सक्ने नेतावाराजनीतिकाप्रखर,पाका खेलाडी । ओलीमाथिको अड्कलवामूल्याङ्कन यीदुईबुद्धामामात्रैसिमितगरियो भने सायद अपुरो हुन्छ । अहिले ओलीएमाले अध्यक्षवापूर्वप्रधानमन्त्रीमामात्रै सिमितनभएर त्यो भन्दामाथिउठेर जनताको समुखमाछन् । नेतृत्वमा रहेर पनिजनतासंग सिधै घुलमिलहुनसक्ने नेता कोहीछन् भने ती केपीओलीनै हुन् । सडकमा मकै पोल्नेको मकै किनिदिएर भुईमान्छेसंग जोडिनलालाहितहुने मध्येका एक हुन् ओली । त्यहिभएरत, केपीओलीकसंग नजिकीएर फोटो खिच्न सेलिब्रेटीहरुनै बालकोट सम्मपुग्ने गर्छन् ।

विरोधिमाथि रुखो बोल्ने वाउछितो काड्ने ओलीकाथुप्रैबैगुणहोलान तर अहिले राजनीतिको पहुचबाहीर रहेका जनतासंग नजिकहुनु पर्छ भन्ने मनोभावना कसैको मनमाविकास भएको छ भने सायद त्यो ओलीकैहुनुपर्छ । उमेरले ७० काटेका ओली समाजिक परिवेशसलाई नजिकबाटबुझ्न सक्ने सामथ्र्यभएका नेताहुन् । अहिले सरकारको भन्दा सामाजिक संञ्जालको शक्तिबढिभएको ठानेका ओलीत्यही सञ्जालको प्रयोग मार्फत आफ्नो उपस्थितीजनतासंग पु¥याउनभगिरथ प्रयासमा छन् । यहि मेसोमाउनले बा, ब्राडिङ सुरु गरेकाछन् । ओली अहिले अगाडीबा, राखेर बा, ब्राण्डिङ थालेकाछन् । उनलेयो बीचमाबा, संग विद्यार्थी लगायतकाकार्यक्रम र (बा) नामकयुट्युबच्यानलनै संचालनमाल्याए ।

दैनिकऔसत १८ घन्टा सक्रियजीवनशैलीमा रहने ओलीपछिल्लादिनमा सामाजिक सञ्जालमाबढी नै सक्रिय देखिएकाछन् ।युट्युबच्यानलदेखि फेसबुक पेज, ट्विटर, टिकटक, रिल, इन्स्टाग्रामजस्ताआधिकारिक पेजमाओलीअन्यपार्टीका समकालीन नेताभन्दानियमित रूपमाबढी सक्रियछन् । पछिल्लो एक महिनामाओलीले निजी पेजबाटऔपचारिक प्रकृतिकाकार्यक्रमकाचार–पाँचवटाबाहेक राजनीतिक सन्देश राखेका छैनन् ।उनकाअधिकांश सन्देश बढी रुचाइएर लाइक, कमेन्टआउन सक्ने सामाजिक र अनौपचारिक गतिविधि र क्रियाकलापतिर लक्षित छन् । सायद ओली राजनीतिमाक्रियशिलथिएनन् भने कलाकारीतमाजम्थे होला, तर कलाकारलाईनै माथखुवाउने ओलीकाअभियनअहिले पनि सामाजिक सञ्जालमा बग्रेल्ती भेटिन्छ । क्यामेरामाकलाकारको शैलीमाअभियनगर्न सक्ने ओली कसेरा बारीमाफर्सिको मुन्टाटिपेको देखि असार १५ माहिलोमाखुट्टागाड्न पुगेका दृश्यहरु ताजै छन् ।

ओलीकोअभियनयतिमामात्रै पनिसिमित छैन् । कहिले पत्नि राधिकाशाक्यसंगको मायाप्रिती देखाएर ठट्यौलीगर्ने उनको बानीपारीवारिक मात्रै नभएर राजनीतिक सन्देशका रुपमाचित्रित छ । देश अनुसारको भेष भने जस्तै आफुलाई विषयअनुकुलढाल्न सक्ने ओलीगितगाउन,े नाच्ने देखि बासुरी र सारङगी रेट्न पनिपछि पर्र्दैनन् । सायद त्यहीभएर पनिउनलाई एमाले जन वाशुभेच्छुकले अभिभावक सम्झिएर बा, नै मान्छन् । टुँडिखेलको सरकारी कार्यक्रम नै ओझेलमापार्ने गरी एमालेले संविधानदिवसकोदिनअसोजमा ३ गते ‘सेल्फीविथ नेसनल फ्ल्याग’कार्यक्रमआयोजनाग¥यो । त्यसको एक दिनअघिओलीले संविधानदिवसमा नारायणचौरमा भेलाहुन ‘मर्निङवाक ड्रेसअप’माभिडियो सन्देश दिएकादिए । सामाजिक सञ्जाल र ओलीको सक्रियतानितान्तव्यक्तिमामात्रै निहीत छैन । यो एमालेलाई जनतासंग जोडेर बलियो बनाउने सुत्रधार हो । जसलाई ओलीले जनजनसम्मआफुलाई पु¥याईरहेकाछन् । उनले पार्टीका नेताकार्याकर्तालाई पनिजनतासंग जोडिनउर्दि जारी गरेकाछन् । मूलत यो एमालेकोनिर्वाचतनलक्षितमिसन ०८४ अभियानपनिहो । अहिले एमाले लाईक र कमेन्ट हेरेर आफ्नो मतभारको प्रक्षेपणमा छ ।

यसअघिचलेका कलाकार कोमलवली र करिश्मामानन्धरलाईसमेत बोकेर हिडेका ओलीकोखासैजोर नचलेपछिउनिअहिले कलाकार छोडेर आफ्नै फरक शैलीमा प्रस्तुत भएकाछन् । एमाले प्रतिको ओझजनतामा घटेको बुझ्न धेरै कठिन नभएपनि ओली प्रतिको क्रेज अहिले पनि कायम छ । केपीओली सहभागि कार्यक्रममा कुनै एउटा अमुख दलको नेताको रुपमामात्रै कार्यक्रम सुन्न नआएपनिउनको व्यङग्य र चोटीलाशव्दबाण र बेलाबेलामाजोडिनेउखानटुक्का सुन्न पनिभिडलाग्ने गर्छ । अक्सर नेताको भाषण सुने र दिक्कमान्ने जनताओलीको भाषणमात्यो महसुुस गर्दैनन् । यसले पनिओलीको क्रेज कायम छ । तर यतिगर्दा पनिनयाँअनुहारका सामु ओलीजम्न सकेका छैनन् । रवि, हर्क बालेनलाई यही सामाजिक सञ्जालको नयाँफण्डाले स्थापित गराउदाओलीलेगरेको कुरा जनताले पत्याएका छैनन् । जनतासंग नेतृत्वजोडिनु,जनतालाई पार्टीकै धरातलमाउभ्याउनु, सामाजिकसञ्जालदेखि सडकसम्मै जनतासंग जोड्नेचाहाना स्वभाविकहो तर निती र थितीविर्सिएर प्रमुखदलका नेताहरु नै, सस्तो लोकप्रियतामाअल्झिएभने के होला?यसले स्वभाविक रुपमाप्रश्न उठाएको छ ।