Breaking

किन झोक्किए गृहमन्त्री?, नारायणकाजीलाई रवि र वालेन बोक्दै, देउवा र ओली पछार्दै


काठमाडौँ– समसामयीक बिषयमा जवाफ दिन बाट सकेसम्म पन्छिने मन्त्रहिरुको रोग पुरानै हो । आईतबारको राज्य व्यवस्था तथा सुशासन समितिमा पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठ लाई सांसदहरुले आकस्मिक रुपमा बोलाउन सभापतिलाई भने । नबोलाए बैठक चल्न नदिने सम्मको चेतावनि पनि दिए । अन्ततःजसोतसो समितिमा पुगेका गृहमन्त्री आफूलाई असम्बन्धित छलफलमा बोलाएको भन्दै आक्रोशित नै बने । राज्यका निकायहरुले नै एक–अर्कालाई नटेर्ने अवस्थाआए के होला? यहीअवस्थाआईतबार बिहान बसेको राज्यव्यवस्था समिति बैठकमा देखियो । बैठकमाअख्तियार दुरुपयोग अनुसन्धानआयोग ऐन, २०४८ लाई संशोधनगर्न बनेको विधेयक सम्बन्धमाछलफलगर्ने कार्यसूची राखिएको थियो । तर रोचक के देखियो भने बहालवाला गृहमन्त्री नारायणकाजीश्रेष्ठनै असम्बन्धितबिषयमा समितिले एक्कासीबोलाएको भन्दै झाेंकिदै पुगे ।

यद्यपी यो नोकझोकको सत्यताअर्कैथियो । गृहमन्त्रीश्रेष्ठलाई अख्तियार ऐनबारे जवाफदिनबोलाईएकोथिएन । त्यसबारे जवाफदिन त कानुनमन्त्री धराज गुरुङ र सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखाशर्मा बैठकमै थिए । तर केही सांसदले नेपालको बहुजातीयतथाबहुसांस्कृतिकएकतामाखललपार्ने खालकाक्रियाकलापहरु पछिल्लो समय बढेको तथा सरकारको सुशासनअभियानबारे जवाफमाग्ने, अन्यथा गृहमन्त्रीनआए बैठक नै चल्ननदिने बताएपछि समिति सभापति रामहरि खतिवडाले आकस्मिक रूपमामन्त्रीश्रेष्ठलाई समितिमाबोलाएकाथिए । सभापतिको ताकेतानकार्न नसकेका श्रेष्ठजसोतसो समितिमापुगे । त्यसक्रममा सुरुमाबहालवाला गृहमन्त्रीश्रेष्ठ र निवर्तमान गृहमन्त्री रविलामिछाने एकअर्काको तारिफमा रमाए । तर लगत्तै उनीहरुबीच नोकझोक पनिचल्यो । लामिछानेले सुन तस्करी प्रकरणमा संदिग्धहरुलाई गृहमन्त्रीले सुनपानीछर्किएको आरोप लगाएपछि गृहमन्त्रीश्रेष्ठले अनुसन्धानमाकुनै हस्तक्षेप नगरेको जवाफफर्काए ।

त्यसो त देउवाप्रचण्ड र ओलीको बैठकमै समेत जंगिने नारायणकाजीको लचकतासँगै आक्रामकतापनि देखिन्छ । देउवा र प्रचण्डकै पेलानमा रहेका गृहमन्त्रीकहिले मेयर वालेन शाहको सहयोग खोज्छन् त कहिले नयाँभनिएकादलहरुको । सत्ता सञ्चालनको कठिनाईलाई आफ्नो ज्यानखतरामा रहेको भन्नपछिनपर्ने नारायणकाजीक्षणभरमै समितिमै हाँसिमजाकमापनिउत्रिए । सुशासनलाई प्रमुखएजेण्डाबनाएको सरकार समसामयीकबिषयमाजवाफदिन डराउने रोग पुरानै हो । ‘सोझो औंलाले घ्यू आउँदैन’भन्ने बुझेका सांसदहरुले गृहमन्त्रीसँगजवाफमाग्ने कार्यसूची नै नराखिआकस्मिकबोलाउनलगाएको हुनसक्ने बुझ्न पनिकठिन छैन । उसैपनि संसदीय समितिले लिएकानिर्देशनहरु सरकारले नमान्ने पुरानै रोग छ । त्यसमाथि समितिमाबोलाउँदैमा रिसाउने गृहमन्त्री र मन्त्रीचाहियो भन्नासाथआजै खाउँजलि मरि जाउँभनेजस्तो सभापतिको ताकेताले सरकारकै निकायहरु एकले अर्कोलाई टेर्न खोज्दैनन् भन्ने स्पष्ट छ । त्यसमाथि समितिले बोलाउँदैमाअपमानितभएको महशुस गरिहाल्ने बहालवाला गृहमन्त्री र समितिमाबचपना शैली देखाईहाल्ने सांसदहरुका कारण संसदीय समितिमाथिउठ्दै आएको प्रश्नहरुलाई थपपेचिलोेबनाउनमद्दतपुगेको छ ।