Breaking

प्रचण्ड कम्यूनिष्ट भएकाले चीनले चाकडी ग¥यो, चुच्चे नक्सा मौनताले प्रचण्डको राष्ट्रियतामाथि प्रश्न


काठमाडौँ– नेपाल र चीनबीच लामो मैत्रीपूर्ण सम्बन्ध छ । उच्चस्तरीय भ्रमणहरूले सम्बन्धलाई थप प्रगाढ बनाउन भूमिका खेलिरहेको छ । निरन्तरको भ्रमणहरूले दुई देशबीचको सम्बन्धका आयामहरुलाई फराकिलो बनाउदै लगेको छ । केही समयअघि चिनियाँ कम्युनिस्ट पार्र्टी (सीपीसी) का पोलिटब्युरो सदस्यको नेतृत्वमा एक टोली नेपाल भ्रमणमा आयो । उक्त टोलीले नेपाल भ्रमण गरेको केही समयमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको उच्चस्तरीय टोली चीन भ्रमणमा छ । उपप्रधानमन्त्रीलाई नै विमानस्थलमा स्वागत गर्न पठाएर चीनले नेपाललाई कति महत्व दिएको छ भन्ने सन्देश प्रवाह गरेको छ । चीन नेपालमा मित्र शक्तिको खोजीमा रहेको कारण पनि महत्व दिएको विश्लेषण हुन थालेको छ ।

विश्वको उदाउँदो शक्ति राष्ट्र चीनसँग नेपालको सम्बन्ध तथा मित्रता ऐतिहासिक छ । नेपाल र चीनबीच उल्लेखनीय ठूला समस्या देखिदैनन् । नेपाल र चीनको सम्बन्ध आपसी सौहार्द, सम्मान, भाइचारा तथा पञ्चशीलको सिद्धान्तमा आधारित भएको दुबै पक्ष बताउँछन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहअस्तित्वको आधारमा सहयोग, सहकार्य निरन्तर जारी रहने बताएबाट चीनले नेपाललाई कति महत्व दिएको छ भन्ने बुझाउछ । नेपालले पनि एक चीनको नीति लिएर चीनलाई ठूलो गुण लगाएको छ ।

नेपालमा चाहे जुनसुकै सरकार बनुन, तिब्बत, ताइवान, हङकङ, मकाउसहितको ‘एक चीन’ नीतिलाई कहिल्यै छोडेको छैन । अर्कोतर्फ हालै नेपालको राजनीतिक नक्सामा भएको कालापानी–लिपुलेक–लिम्पियाधुरासहितको नक्शाबारे चीनले अनविज्ञता प्रकट गरेर विवादित नक्सा जारी ग¥यो । हुन त, नयाँ नक्शाबारे कुटनीतिक निकायमा पत्राचार नगरिएको तथ्य परराष्ट्र मन्त्रालयले केही समयअघि सार्वजनिक गरेको थियो । प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा यो विषय कसरी उठाउँछन भन्ने आम चासो छ ।

नेपालका कतिपय महत्वपूर्ण परियोजना र पूर्वाधार विकासमा उत्तरी छिमेकीको योगदान निकै महत्वपूर्ण रहिआएको छ । नेपालको विश्वका कुनै पनि मुलुकसँग शत्रुतापूर्ण सम्बन्ध छैन । पञ्चशीलको आधारमा नेपालले परराष्ट्र नीति अवलम्बन गरेको छ । आर्थिक तथा सामाजिक विकासमा नेपालले चीनबाट सहयोगको अपेक्षा गरेको छ । चीन नेपाली भूमिबाट आफ्नो क्षेत्रमा कुनै अवाञ्छित गतिविधि नहोस् भन्नेमा सचेत देखिन्छ । नेपाल र बीचबीच विगतमा भएका कतिपय सम्झौता कार्यान्वयन नभएको तीतो यथार्थ छ । ती सम्झौता कार्यान्वयनको सुनश्चितता र दुबै देशको हितमा थप समझदारी निर्माण गरेर सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन जरुरी छ ।