Breaking

अहिलेको सरकार जसरी भएपनि हटाउनुपर्छ: अध्यक्ष ओली


काठमाडोँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले अहिलेको सरकार जसरी भएपनि हटाउनुपर्ने बताउनुभएको छ । आज ओखलढुङ्गामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नौ महिनामा सरकारले एउटा सिन्को पनि नभाँचेको भन्दै सरकार जसरी भएपनिहटाउनुपर्ने बताउनुभयो । उहाँले सरकारले नै भ्रष्टाचार, कुशासन र हिंसालाई प्रोत्साहन गरिरहेको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले सुन तस्करी रोक्न एमालेले संसदबाट माग गरे पनि त्यस बेला संसद अवरोध गरेर कानुन बनाउन नदिएको भन्ने हल्ला चलाइएको उहाँको भनाइ थियो ।