Breaking

उच्चस्तरीय आयोग गठनबारे सहमति जुटाउन फेरि छलफल हुँदै


काठमाडौँ – तस्करीको सुन छानबिनका लागि उच्चस्तरीय आयोग गठनबारे सहमति जुटाउन सरकार र नेकपा एमालेका नेताहरुबीच फेरि छलफल हुने भएको छ ।

यसअघि शुक्रबार दुई पटक बसेको बैठकमा आयोगको कार्यदेशबारे सत्ता र प्रतिपक्षबीच कुरा नमिल्दा असोज ५ गते गठन हुने भनिएको आयोग गठन हुन सकेको थिएन ।
‘आइतबार दिउँसो २ छलफलका लागि बोलाइएको छ’, नेकपा एमालेका सचेतक महेश बर्तौलाले भने,‘दिउँसो २ बजे हामी गृह मन्त्रलाय जाँदैछौ ।’

शुक्रबारको छलफलमा एमालेले ६१ किलोसहित भेपमार्फत तस्करी भएको सुनको समेत सुक्ष्म छानविन गर्नेगरी आयोग गठन हुनुपर्ने अडान राखेको थियो । एमालेको यो अडानमा सरकारी पक्ष सहमत हुन नसकेपछि आयोग गठन हुन सकेको थिएन ।