Breaking

ओलीको कटाक्षः सुन तस्करीको सारथी प्रचण्ड, महराका बाउछोरामाथि एमालेको नजर


काठमाडौँ — सुन प्रकरणले सदन र राजनीति नै तरङगित बनेपछि सत्ता र प्रतिपक्षबिच सहमतिको सुत्रधार बन्यो उच्चस्तरीय समिति । जसको कारणले सदन र राष्ट्रिय राजनीतिको बाटो त खुल्यो । तर सरकारले ताकेकै समयमा उच्चस्तरीय समति बनाउन आलटाल गरेपछि अहिले सत्ता र प्रतिपक्ष आरोप–प्रत्यारोपमा उत्रिएका छन् । ६० किलो सुन तस्करी प्रकरणले सदन र राष्ट्रिय राजनीति नै तरङगित बनेपछि सत्ता र प्रतिपक्षबिच सहमतिको सुत्रधार बन्यो उच्चस्तरीय छानबिन समिति । जसको कारणले एक महिनालामो सदन र राष्ट्रिय राजनीतिको बाटो त खुल्यो ।

तर सरकारले तोकेकै समयमा उच्चस्तरीय समति बनाउन आँलटाँल गरेपछि अहिले सत्ता र प्रतिपक्षबिच तिक्ततादेखी आरोप–प्रत्यारोप चलेको छ । छानबिन समिति बनाउन असोज ५ अर्थात शुक्रवारसम्मको समयसीमा दिएको सरकारले आलटाल गरेपछि शुक्रवारै एमालेका नेताहरु तातिए । लगत्तै गृहमन्त्री नारायणकाजी श्रेष्ठले अग्रसरता देखाएर प्रमुखदलका सचेतकहरुलाई डाकेर दुई पटक छलफल गर्दा पनि सहमतिको सट्टा सत्ता र प्रतिपक्ष एक अर्कामाथि आरोप प्रत्यरामै उत्रिए । भिडियो