Breaking

एमालेभित्रको गुट वागमतीमा चर्कँदै ! ओली–शंकर होलान् त सफल ? महेश र गोकुलको तयारी के ?


काठमाडौँ — धमाधम प्रदेशको अधिवेशन गरिरहेको एमालेमालुम्बिनी प्रदेशले नयाँ नेतृत्व पाइसकेको छ भने बाँकी प्रदेशको अधिवेशन समेत असोजभित्रै हुँदै छ ।जहाँ प्रष्ट दुई गुट दृश्यमा आँउदा ओली पक्ष कमजोर देखिएको थियो भने सर्वसहमती रटान समेत फेल भएको सन्देश देखिएको थियो । फलत ः निर्वाचनबाट नेतृत्व चयन गरेर लुम्बिनीबाटै नयाँ सन्देशको सन्चार हुदाँ अहिले वागमतीको आसन्न अधिवेशनप्रति चासो बढेको छ । माधवकुमार नेपालले पार्टी छाडेपछि एमालेमा कुनै गुट नभएको दावीका विच लुम्बिनी प्रदेश अधिवेशनमा सर्वसहमती गर्ने पक्षमा अध्यक्ष केपी शर्मा ओली थिए ।

निर्वाचन भए आफू र महासचिव शंकर पोखरेल र अर्कातर्फ उपाध्यक्ष विष्णु पौडेल देखिने यो अवस्थामा ओलीले प्रदेश ईन्चार्ज पद्मा अर्याल सहितलाई सहमतीका लागि खटाए । अधिवेशनको उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष ओलीले सहमतिमा नेतृत्व टुंग्याउन मञ्चबाटै निर्देशन दिएका थिएभने यति धेरै नेताहरू भएको अवस्थामा विवाद बाहिर नआओससम्म भन्न भ्याएका थिए । जहाँ पौडेल र पोखरेलले समेत लुम्बिनीमा आफूहरुविच कुनै प्रतिस्पर्धा नरहेको भन्दै यहि प्रदेशबाट गुट नभएको सन्देश दिनेसम्म भन्न भ्याए । ओलीका उत्तराधिकारीविचको लडाईका रुपमा समेत हेरिएको यो प्रतिस्पर्धा रोक्न केहि नलागेपछि प्यानल बनाएर भिड्न नपाईनेसम्मका निर्देशन दिईयो ।

तर यी सवैले काम गरेन भने संसदीय निर्वाचनमा हारेका महासचिव शंकर पोखरेल पार्टीमा पनि एकचोटि हारे । जहाँ पोखरेल निकट हरि रिजाललाई हराएर पौडेल निकट राधाकृष्ण कँडेलले नेतृत्व मात्र हत्याएनन् नेताले नेतृत्व चुन्नेबाट कार्यकर्ताले नेता चुन्ने बाटोमा एमालेलाई अघि बढाए । जसले अरु प्रदेशमा समेत निर्वाचनको माहोल बनाएको दावीविच असोज ८ र ९ गते हुने वागमती प्रदेश अधिवेशन समेत चासोको केन्द्रमा छ । लुम्बिनी ओलीको उत्तराधिकारीको क्षेत्र भए जस्तै सवैदृष्टिबाट महत्वपूर्ण वागमतीमा को आउँछ यसैपनि चासोको विषय छ ।

वागमतीमा अहिले अध्यक्षको नेतृत्वका लागि चारजना मुख्य दाबेदार देखिएका छन् । बहालवाला प्रदेश अध्यक्ष केशवराज पाण्डे, केन्द्रीय सदस्यद्धय कैलाश ढुंगेल र कृष्ण दाहाल तथा वाग्मतीका पूर्वसभामुख सानु श्रेष्ठ नेतृत्वका लागि लविइङमा रहदाँ अधिवेशनमा दुईजना केन्द्रीय सदस्य प्रतिनिधि बनेका छन् । पाण्डे प्रदेश कमिटीका वर्तमान अध्यक्ष हुन् भने सुवेदी सचिव हुन् । श्रेष्ठ वाग्मती प्रदेशसभाका पूर्वसभामुख र दाहाल, ढुंगेल र खड्का केन्द्रीय सदस्य हुन । ढुंगेल र दाहाल आ–आफ्नो स्थानीय तहबाट प्रतिनिधि छनोटसमेत भइसकेका छन । यहाँको नेतृत्वले राष्ट्रिय राजनीतिमा समेत महत्व राख्ने हुदाँ आफ्नो पक्ष वलियो बनाउन एमालेकै नेतृत्व पनि लागि परेको छ ।

हुन पनि प्रदेश कमिटी अध्यक्ष पदेन पोलिटब्युरो सदस्य र कार्यकारी पद हुन्छ भने स्थानीय तहको चुनावमा उम्मेदवार छान्ने र प्रतिनिधि तथा प्रदेशसभामा सिफारिस गर्ने अधिकार हुने भएकाले धेरैलाई यो पदले आकर्षित गरेको छ । फलत ः प्रत्यासीहरु पछि हट्ने सम्भावना कम छ भने यसले निर्वाचकै सम्भावनालाई वलियो बनाएको छ । यद्यपी प्रदेश नेतृत्व सकेसम्म सर्वसम्मत बनाउने प्रयत्नमा नेताहरू देखिन्छन् भने प्रदेश कमिटीले प्रतिनिधि छनोट गर्दा नै उमेदवारी दिने दिनभन्दा अघि उमेदवारी घोषणा नगर्न निर्देशन दिइएको छ । वाग्मतीको हालको कमिटी ४७७ सदस्यीय भएपनि अब बन्ने कमिटी झण्डै आधा हुनेछ भने अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्य निर्वाचित गर्नेछ ।

जहाँ वाग्मतीको अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा केन्द्रका नेताहरू समेत खुलिसकेका छैनन् भने यो प्रदेशमा प्रभाव विस्तारमा लागि परेका गोकुल बास्कोटा र महेश बस्नेत फ्याक्टर महत्वपूर्ण छ । जसमध्ये वास्कोटा कृष्ण दाहालको पक्षमा खुल्दा ढुंगेलको पक्षमा देखिएका बस्नेतले अध्यक्ष ओली र महासचिव पोखरेलको समर्थन ढुंगेललाई रहेको भन्दै प्रचार सुरु गरेका छन । यदि उनी नेतृत्वमा आउन सकेनन् भने के केन्द्रीय नेतृत्वप्रति अर्को झस्का लाग्छ भन्ने प्रश्न यसले उब्जाउँदा यस्ता प्रश्न नै गर्न नहुने महासचिव शंकर पोखरेल बताउछन ।

हुन त एमालेले योे प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको संज्ञा मात्र दिएको छ । जो जितेपनि केहि फरक नपर्ने उसको दावीका विच ओलीकै वरिपरिकाले नै निर्वाचन समेत हारेको जगजाहेर छ । जहाँ सर्वसहमतीका नाममा आफू नजिकका ल्याउने रणनिति नै असफल हुन थालेको परिप्रेक्ष्यमा वागमती अर्को संकेतको पखाईमा छ । जसलेपार्टीभित्रका दुई धार अझ प्रष्ट हुने अवस्था सिर्जना भए उत्पन्न हुने परिस्थितीले एमालेमा नयाँ लहर नल्याउला भन्न सकिँदैन ।