Breaking

पूर्वसांसद खेमराज भट्टको निधन


काठमाडौँ – पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा ‘क्यान्सर’ रोगबाट गए राति निधन भएको छ।उपचारका क्रममा वीर अस्पतालमा उनको निधन उनका भाइ छविलाल भट्टले जानकारी दिए।

गणतन्त्रवादी नेताका रूपमा परिचित नेता मायालु २०५६ सालमा बर्दिया क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

विसं २००४ मा डडेल्धुराको डुङ्गरी भन्ने ठाउँमा जन्मिएका उनले नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका थिए। पछि उनी रामराजाप्रसाद सिंहसँगै रहेर नेपालमा गणतन्त्र स्थापना गर्ने अभियानमा होमिएका थिए।

विसं २०४२ को बम काण्डपछि तत्कालीन सरकारले उनको सम्पति सर्वश्वहरण गरेपछि उनले १२ वर्ष भारतमा निर्वासित जीवन बिताएका थिए।

उनका दुई छोरा छन्। श्रीमतीको यसअघि नै मिर्गौला रोगका कारण निधन भइसकेको छ। मायालुको आजै पशुपति आर्यघाट अन्त्येन्टि गर्ने तयारी छ।