Breaking

सडकमा शिक्षक, सरकारी विद्यालय ठप्प, शिक्षामन्त्रीको राजिनामा माग, प्रधानमन्त्रीको खोजी


काठमार्डाँ — प्रधानमन्त्री प्रचण्डदेखि देशको नेतृत्व गरिरहेका अधिकांश राजनीतिक नेतृत्व शिक्षक र शिक्षण पुष्ठभूमिबाटै आएकाहरु हुन् । शिक्षण पेसा छोडेर सक्रिय राजनीतिमा आएका नेतृत्वले अघि सारेको विद्यालय शिक्षा विधयकविरुद्ध शिक्षकहरु सडक आन्दोलनमा उत्रिएका छन । बुधवारदेखि सडक संघर्षमा उत्रिएका शिक्षक तथा कर्मचारीहरु आफ्नो माग पुरा नभएसम्म राजधानी नछाड्ने मनस्थितिमा छन् ।

शिक्षा विधयक फिर्ता र पुर्नलेखन गर्नुपर्ने उनीहरुको माग छ । शिक्षा विधेयकको विरोधमा सडक आन्दोलनमा उत्रिएका शिक्षक तथा कर्मचारीको विरोध प्रर्दशन थप चर्किदै गएको छ । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० मा राखिएका प्रावधानप्रति उनीहरुको असन्तुष्टि छ । दोस्रो दिन बिहीबार उनीहरु बुधबारभन्दा थप आक्रामक देखि भने नयाँ बानेश्वर प्रहरीसँग घम्साघम्सी नै पर्यो ।

उनीहरुले निषेधित क्षेत्रमा रादिएका बारहरुसमेत तोडफोड गरेपछि प्रहरीलाई सम्हाल्न हम्मेहम्मे परेको थियो । आन्दोलनमा देशभरबाट आएका शिक्षकहरु सहभागी छन् । काठमाडौं महानगरपालिकाका शिक्षकहरु पनि महानगरको निर्देशन लत्याउँदै आन्दोलनमा होमिएका छन् । विद्यालय खुला नगरे शिक्षकहरुलाई कारवाहि गर्ने सुचना जारी गरेको काठमाडौ महानगर र मेयर बालेनविरुद्ध पनि शिक्षकहरुले नाराबाजी गरेका छन् ।

विधेयकमा राहत शिक्षकलाई स्थायी गर्ने व्यवस्था नगरिएको, अस्थायी शिक्षकलाई तलबबाहेक कुनै सुविधा नदिने व्यवस्था गर्न लागिएको, ट्रेड युनियन खारेजी, सरुवा–बढुवा स्थानीय सरकारलाई दिनेलगायत विषयप्रति उनीहरुको असन्तुष्टि छ । राज्यको सेवामा समर्पित शिक्षकलाई निजामति सरह सेवा सुविधा र अधिकार दिनुको सट्टा पाउँदै आएको सेवा समेत कटौति गर्ने विधेयकबिरुद्ध आन्दोलनमा उत्रिनुको विकल्प नरहेको आन्दोलनरत शिक्षकहरुको भनाई छ ।

विद्यालय नै बन्द गरेर शिक्षक आन्दोलनमा उत्रिएपछि स्थानीय तहदेखि अभिभावक समेत असन्तुष्ट छन । काठमाडौ महानगरपालिका विद्यालय बन्द गर्ने शिक्षकहरुमाथी कारवाहि गर्ने चेतावनी नै दिएका छन । तथापी आन्दोलनरत शिक्षक कर्मचारी विधयक फिर्ता नभएसम्म नियमित काममा फर्किने पक्षमा छैन ।

विद्यार्थीको पढाईप्रति आफुहरु जिम्मेवार भएको र अहिले रोकिएका पढाई अन्य समय व्यवस्थापन गर्ने तर विधयक फिर्ता नभएसम्म राजधानी नछाड्ने पक्षमा शिक्षकहरु छन् । आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालय ठप्प छ ।