Breaking

पेलेरै अघि बढे देउवा, गगन र शेखरले भाग पाएनन्, केन्द्रीय कमिटिले गर्ला गठबन्धनको छिनोफानो ?


काठमाडौँ — सक्किने कि सच्चिने भन्ने वहसका विच कांग्रेसभित्र बढ्दो रुपान्तरणको दवाव निष्कर्षतर्फ उन्मुख भएको विश्लेषण सुरु भएको छ । गत केन्द्रीय समिति वैठकमा प्रस्तुत क्यालेन्डर अनुसार केहि कार्यक्रम गरेको कांग्रेसको केन्द्रीय कार्यसमिति वैठक समेत सुरु भएको छ । यहि संकेत अनुसार अघि बढे निति महाधिवेशनको विकल्पका रुपमा हेरिएको महासमिति वैठक समेत फलदायी हुने एकाथरिको बुझाईका विच के कांग्रेस लयमा फर्किएको हो त भन्ने प्रश्न यसले उब्जाएको छ । कांग्रेसको विधानत प्रत्येक दुई महिनाको अन्तरालमा केन्द्रीय समिति बस्नुपर्ने व्यवस्थालाई वेवास्ता गर्दै वल्ल एकबर्ष पछि वैठक वोलाएका सभापति शेरबहादुर देउवामाथि नसुध्रिएको आरोप चौतर्फी छ ।

विधान अनुसार पार्टी चलाउन नसकेका उनकै कारण कांग्रेस रसातलमा पुग्ने चेतावनीका विच देशव्यापी रुपान्तरण अभियानले ल्याएको सुझावलाई समेत उनले वेवास्ता गर्दै आएका थिए । एकातर्फ बढ्दो असन्तुष्टि र अर्कातर्फ विपक्षी गुटले हायलकायल नै बनाउने प्लाटफर्ममा वैठक हुने डरमा रहेको उनी माहोल मथ्थर होस भन्नेमै देखिन्थे । तर गत साउन २ गतेको केन्द्रीय समिति वैठकलाई प्रत्यक्षप्रशारण गरेर एकातर्फ नयाँ काम गरेको र अर्कातर्फ आफूमाथिको प्रहार रोकेका उनले विपक्षी गुटको हालत समेत देखाईदिए । जसले माहोल आफूतर्फ तान्न थालेका उनी अहिले नरम देखिन थालेका छन भने त्यहि वैठकले साउन १० गते पारित गरेको महामन्त्री गगन थापाको बार्षिक क्यालेन्डरमा पार्टी चल्ने संकेत गर्न थालेका छन ।

यसैको उपज भदौमा पोलिसी ह्याकाथनसम्पन्न भएको छ भने ’गिग इकोनोमी’ र क्लाइमेट एक्सनमा पोलिसीमा गरिएको ह्याकाथनमा दुई सय २७ समूहले नीतिपत्र बुझाएका थिए। लगत्तै भदौमाबिपी कोइरालाको जन्मजयन्तीको अवसरमा ’बिपी साहित्य महोत्सव’ गरेको कांग्रेसले संविधान दिवसका दीप प्रज्ज्वलन गर्ने र ’संविधान कन्सर्ट’ गर्ने तयारी गरेको थियो । तर एमाले नेता सुवास नेम्वाङको निधनपछि स्थगित भएकोमा विपि साहित्य महोत्सवको अन्तिम शत्रलाई संविधान दिवसका अवसरमा सम्पन्न गरेको कांग्रेसको केन्द्रीय कार्यसमिति वैठक समेत बसेको छ । आगामी मंसिरमा हुने महासमिति वैठकको तयारी स्वरुप बसेको केन्द्रीय कार्य समितिको वैठकले ८ जनालाई केन्द्रीय सदस्य समेत मनोनित गरेको छ ।

हुन त डा.शेखर कोईराला पक्ष पनि एक ढिक्का भएर दवाव बढाउने रणनितिमा छ । यसैको उपज केहि समयको मौनता तोड्दै कोईरालले देउवालाई अव सुध्रिन अन्तिम चेतावनी नै दिएका छन । तर देउवाको यो नरमपना कतै निति अधिवेशनकै रुपमा हेरिएको महासमिति वैठकसम्म त हैन भन्ने प्रश्न समेत छ । जहाँ विभाग गठनमा ढिलाई भईरहेपनि साउन १० को केन्द्रीय समितिले २२ विभाग थप्नु नै एकमात्र कारण भएको बहाना समेत देउवालाई मिलेको छ ।

यता अवधि सकिएका भ्रातृ संस्थाका तदर्थ समिति भदौ १५ भित्र गठन गरिसक्ने कार्यतालिका अनुसार देउवाले गत साउन २२ गते सात सय १० सदस्यीय नेविसंघ केन्द्रीय समिति विस्तार गरेका छन । भलै टिकेबाट छानिएका सदस्यहरुमाथि प्रश्न उठेपनि काम गरे भन्ने ठाँउ देउवालाई मिल्दा गत असार १४ मा देउवाले तरूण दलमा चार सय १ सदस्यीय बनाएका थिए।बाँकी भ्रातृ संस्थामा पनि नेतृत्व र समितिलाई पूर्णता दिने काम भएका छन्।

तदर्थ समितिलाई छ महिनाभित्र महाधिवेशन गर्न भनिएको छ । तर केहि सुधारका रुपमा यसलाई हेर्नसक्ने अवस्था भएपनि देउवा आफ्ना बोक्ने भन्दा माथि उठ्न नसक्दा घुमाएर कोईराला पक्ष नै पेलिरहेको छ । यद्यपी कोईराला पक्ष नेताहरुले भने देउवा परिवर्तन हुनुको विकल्प नै नभएको बताँउदै आएका छन भने देउवा पक्षमा देखिएका नेताहरुले सवैलाई मिलाएर लग्ने देउवाको रणनितिका रुपमा यसलाई व्याख्या गर्दै आएका छन ।

देउवाको यहि झुलाउने बानीबारे जानकार इतर पक्ष आफ्नो गुट बलियो बनाउने रणनीतिमा लागिरहेको छ ।विभिन्न प्रकरणका कारणले देउवा गुटमा देखिएको छिन्नभिन्नका अवस्थामा उनलाई च्याखे हान्न सकिने बुझेका कोईराला यसैको उपयोग गर्ने बाटोमा छन । कतै देउवाले लय समातेजस्तो देखिएको दृश्य यसैको उपज त हैन भन्ने आशंका जन्मिदा इतर गुट फेरि एकपटक हात्ती आयो हात्ती आयो फुस्सा नहोला भन्न सकिन्नँ ।