Breaking

पर्सामा हत्या गरेको अवस्थामा घरभित्रै फेला पर्‍यो महिलाको शव


काठमाडौँ – पर्साको जगरनाथपुर गाउँपालिकामा हत्या गरेको अवस्थामा एक महिलाको शव फेला परेको छ।

जगरनाथपुर ५ मसियानीमा गएराति घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा ५५ वर्षीया कान्तीदेवी बिनको शव फेला परेको हो

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले हत्याराको पहिचान हुन नसकेको बताए।

‘घरमा एक्लै बस्ने ९पति नभएकी एकल महिला० को हत्या भएको छ,’ डीएसपी थापाले नेपालखबरसँग भने, ‘कसले र किन हत्या गर्‍यो खुलेको छैन। हामी अनुसन्धान गरिरहेका छौँ।’

महिलाका छोराछोरी भए पनि उनीहरु बिवाह गरेर अलग्गै बस्ने गरेका प्रहरीले जनाएको छ।

ती महिला जगरनाथपुर ५ मसिहानीस्थित गण्डक नहरको डिलमा रहेको घरमा एक्लै बस्दै आएकी थिइन्।